काठमाडाैँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सबैभन्दा कम बलमा शतक बनाउने क्रकेटरको रेकर्ड बनाएका छन् ।
प्रतियोगीता अन्तरगत मंगलबार भएको समूह ‘बी’ को खेलमा यूएईविरुद्ध २८ बलमै विस्फोटक शतक प्रहार गरेका हुन् । उनको शतकमा १४ छक्का र ४ चाैका समावेश थियो ।
दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा मंगलबार यूएईले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा वैभवले आक्रामक सुरुवात गरेका हुन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । यूएईका लागि तेस्रो नम्बरमा आएका हरप्रित सिंहले १४४ बलमा १२ चौका र ४ छक्कासहित १३० रनको सानदार शतकीय इनिङ्स खेले।














प्रतिक्रिया