काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने बताएका छन् ।
मंगलबार तनहुँमा पार्टीको जागरण अभियानअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले स्थानीय निर्वाचनमा उम्मेदवारको इतिहास, पृष्ठभूमि र कामको मूल्यांकन गरेर मात्रै मतदाताले मतदान गर्ने बताए ।
नयाँ राजनीतिक दलका गतिविधिबारे गाउँघरका नागरिकले पनि विस्तारै बुझ्दै गएको उल्लेख गर्दै उनले कार्यकर्तालाई स्थानीय निर्वाचनको तयारीमा सक्रिय हुन आग्रह गरे ।
स्थानीय तहमा राम्रो नतिजा ल्याउन सके देश पुनः क्रान्तिको दिशामा अघि बढ्ने उनको दाबी थियो । कार्यकर्ताको सक्रियता बढे स्थानीय निर्वाचनमा पार्टीले थप सिट जित्ने पनि उनले बताए ।














प्रतिक्रिया