नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा « Khabarhub

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी करार सेवामा सरकारी जागिर खाएको आरोपमा एक कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले प्यूठानको सरुमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको अख्तियारको आरोप छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मगरले उक्त प्रमाणपत्रका आधारमा सुरुमा रुम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालयअन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सब–इन्जिनियर पदमा करार सेवामा काम गरेका थिए ।

नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ तथा सुविधा लिएको देखिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले उक्त कसुरमा सोही कानुनी व्यवस्थाबमोजिम कैद र जरिवाना सजाय गर्न मागदाबी गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ५ : ०० बजे

हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ– हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव

एसिया कप राइजिङ स्टार्समा पाकिस्तान ‘ए’ ले गुमायो छैठौँ विकेट

काठमाडौं- एसिया कप राइजिङ स्टार्समा अहिले नेपाल र पाकिस्तान ‘ए’

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी

भारतका वैभव सूर्यवंशीले बनाए सबैभन्दा कम बलमा शतक : २८ बल खेल्दा हिर्काए ‍‍१४ छक्का

काठमाडाैँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले कतारमा