सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ « Khabarhub

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–५ बस्ने २५ वर्षीय अनिल चौधरी र लहान नगरपालिका–१ भाइरलबावा टोल घर भई हाल गोलबजार–४ निपानेस्थित ससुराली घरमा बस्दै आएका ३३ वर्षीय बलिराम महतो रहेका छन् ।

सोमबार राति गोलबजार–४ निपाने टोलस्थित पूर्व–पश्चिम लोकमार्ग सडक छेउमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारको संयुक्त टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका अनिल चौधरीलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको ज्याकेटको खल्तीबाट एक ग्राम खैरो हेरोइन फेला पारेको थियो ।

प्रहरीसँगको सोधपुछका क्रममा चौधरीले उक्त पदार्थ आफूलाई बलिराम महतोले बिक्री गर्न दिएको बयान दिएका थिए । चौधरीको बयानका आधारमा प्रहरी टोली राति नै बलिराम महतो बसिरहेको निपानेस्थित उनको ससुराली घर पुगेको थियो । घर खानतलासी गर्दा दराजमा लुकाइछिपाइ राखेको अवस्थामा १० ग्राम २५० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रहरीले महतोको साथबाट नगद २० हजार ३१०, ओप्पो मोबाइल एक थान, चुरोट पाँच थान, लाइटर दुई थान र ब्लेडका टुक्रा दुई थानसमेत बरामद गरेको छ ।

दुवै जनाको साथबाट ११ ग्राम २५० मिलिग्राम खैरो हिरोइन बरामद गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ११ : ११ बजे

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४