भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरान यात्रा नगर्न आग्रह « Khabarhub

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरान यात्रा नगर्न आग्रह


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गर्दै नयाँ सुचना जारी गरेको छ ।

 सामाजिक सञ्जाल एक्समा दूतावासले भारतीयहरूले कुनै पनि अवस्थामा इरानको यात्रा नगर्न आग्रह गर्दै इरानमा रहेका नागरिकहरूलाई आवश्यक समन्वय गरेर स्वदेश फर्कन सल्लाह दिएको छ ।

 पछिल्लो समयमा भारत र इरानबिच केही उडानहरू सुरु भएको रिपोर्टहरूलाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई अवस्था सहज नभए सम्म इरान यात्रा नगर्न सल्लाह दिइएको जनाएको छ । क्षेत्रीय तनावका कारण हवाई क्षेत्र प्रतिबन्ध र परिचालन अनिश्चितताले इरानका लागि अन्तर्राष्ट्रिय उडानमा असर गरिरहेको दूतावासले जनाइएको छ ।

दूतावासले यस अघि अप्रिल – ८ मा यस्तै सुझाव जारी गरी भारतीय नागरिकहरूलाई तुरुन्त इरान छोड्न आग्रह गरेको थियो । दूतावासले यात्रा गर्नु अघि दूतावाससँग आवश्यक समन्वय गर्नुपर्ने पनि बताएको छ ।

यस अघिको सुझावको निरन्तरता र हालैको घटनाक्रमको आधारमा इरानमा रहेका भारतीय नागरिकहरूलाई दूतावाससँगको समन्वयमा र दूतावासले सुझाएका मार्गहरू प्रयोग गरेर इरानबाट छिटो बाहिरिन आग्रह गरेको जनाइएको छ ।

मध्य पूर्वमा हालैका घटनाक्रमका बारेमा अन्तर–मन्त्रीस्तरीय कार्यक्रममा बोल्दै विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम आर महाजनले फेब्रुअरी –२८ देखि यस क्षेत्रबाट करिब १२ लाख १२ हजार यात्रु भारत आएको बताएका छन् । रासस

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  २ : ०३ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी