भारत र श्रीलंकाबीच जमिनमार्फत सीधा यातायात सम्पर्क सञ्जाल स्थापना गर्ने तयारी « Khabarhub

भारत र श्रीलंकाबीच जमिनमार्फत सीधा यातायात सम्पर्क सञ्जाल स्थापना गर्ने तयारी


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र श्रीलंकाबीच जमिनमार्फत सीधा यातायात सम्पर्क सञ्जाल स्थापना गर्ने परियोजनाका बारेमा बहस फेरि सुरु भएको छ । समाचारमा जनाइए अनुसार श्रीलंका सरकारले स्वीकृति प्रदान गर्नेबित्तिकै भारतले यस परियोजनाको काम अगाडि बढाउन पूर्ण रूपमा तयार अवस्थामा रहेको छ । दुई देशलाई सडक सञ्जालमा जोड्नका लागि करिब ३० किलोमिटर लामो पुल निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

यसले श्रीलंकामा तीव्र बहस र चर्चा सिर्जना गरेको छ । रोचक कुरा के छ भने, यो प्रस्ताव सुरुमा श्रीलंकाकै तर्फबाट आएको थियो र पछि भारतले यसको महत्त्व र फाइदाहरूलाई आत्मसात् गर्दै यसमा सहमति जनाएको हो । हालै श्रीलंकाका लागि भारतीय उच्चायुक्त सन्तोष झाले पनि दुई देशबीच स्थलगत मार्ग निर्माणको आवश्यकतामा जोड दिँदै अब दोधारमा बस्ने समय सकिएको बताएका थिए।

उनले कोलम्बो र चेन्नईबीचको समुद्री दुरी झण्डै ३०० किलोमिटर रहे पनि दुई देशको सबैभन्दा नजिकको विन्दु रामेश्वरम र तलैमानारबीचको दुरी मात्र ३० किलोमिटर रहेको तथ्य औंल्याएका थिए । पाक जलडमरुमध्यमा पुल वा सुरुङ मार्ग बनाएर जमिनबाट जोडिने विषयमा दशकौंदेखि छलफल चल्दै आएको छ। यस्ता करिडोरका कयौँ सफल उदाहरणहरू विश्वभरि रहेका र यसको इन्जिनियरिङ तथा आर्थिक फाइदाहरू पनि स्पष्ट भइसकेका छन्।

भारतीय उच्चायुक्त झाले स्पष्ट रूपमा भनेका छन् कि भारत र श्रीलंकाबीचको यो स्थायी सम्पर्कले यस क्षेत्रको आर्थिक भूगोललाई नै पूर्ण रूपमा बदलिदिनेछ। कुनै बन्दरगाह वा विमानस्थलको विस्तारले मात्र गर्न नसक्ने विकास यो पुलले गर्ने र यसले श्रीलंकालाई वास्तवमै एक प्रमुख आर्थिक केन्द्र बन्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ४ : ४८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी