धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित « Khabarhub

धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक अभियान्ता सोनम वाङचुकले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लोकतन्त्रको जित भन्दै स्वागत गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले यो निर्णय शान्तिपूर्ण जनआन्दोलन र देशभरका युवाहरूको धैर्यताको परिणाम भएको बताएका छन् ।

वाङचुकले यो जित सडकबाट निस्किएको प्रत्यक्ष लोकतन्त्र, शान्ति, धैर्य र निरन्तरको सङ्घर्षको जित भएको उल्लेख गरेका छन् । लोकतन्त्रमा जनताको आवाज नै सबैभन्दा महत्त्वपूर्ण हुने भन्दै नागरिकले शान्तिपूर्ण रूपमा आफ्ना कुरा राख्दा त्यसको प्रभाव देखिने उनले स्पष्ट पारे ।

शिक्षा व्यवस्थामा सुधार र आफ्ना अधिकारका लागि निरन्तर आवाज उठाउने जेन-जी पुस्ताका विद्यार्थी तथा डराएर पनि आन्दोलनलाई समर्थन गर्ने देशभरका नागरिकप्रति उनले आभार व्यक्त गरेका छन् ।

आफ्नो सन्देशको अन्त्यमा उनले अब जवाफदेहिताबाट अघि बढेर सुधारतर्फ लाग्ने समय आएको बताएका छन् । उनका अनुसार शिक्षा मन्त्रीको राजीनामा पहिलो कदम मात्र हो र अब सरकारले परीक्षा प्रणालीमा पारदर्शिता ल्याउन, प्रश्नपत्र बाहिरिने समस्या रोक्न तथा विद्यार्थीको विश्वास पुनः कायम गर्न ठोस कदम चाल्नुपर्छ ।

नीट-यूजी विवाद र देशभर जारी विद्यार्थी आन्दोलनका बीच धर्मेन्द्र प्रधानले राजीनामा दिएका हुन् । सुरुदेखि नै जवाफदेहिता र शिक्षा क्षेत्रमा व्यापक सुधारको माग उठाउँदै आएका अभियान्ता वाङचुकको यो भनाइलाई आन्दोलनकारीहरूका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ४ : ०७ बजे

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको