धर्मेन्द्र प्रधानको राजीनामापछि पनि घर नफर्किने कक्रोच जनता पार्टीको चेतावनी « Khabarhub

धर्मेन्द्र प्रधानको राजीनामापछि पनि घर नफर्किने कक्रोच जनता पार्टीको चेतावनी


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएसँग आन्दोलनकारी समूह तथा कक्रोच जनता पार्टीका प्रतिनिधिको तर्फबाट विभिन्न टिप्पणीहरु आइरहेका छन् । शिक्षामन्त्रीको राजीनामालाई उनीहरूले आफ्नो पहिलो ठूलो जितका रूपमा लिएका छन्, तर बाँकी मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने स्पष्ट पारेका छन् ।

आन्दोलनकारी अगुवा अभिजीत दीपकेले शिक्षामन्त्रीको राजीनामाले मात्रै समस्याको समाधान नहुने बताएका छन् । उनले लोकतन्त्रमा डराउनुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै प्रश्नपत्र लिक भएका कारण आत्महत्या गर्न बाध्य विद्यार्थीका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने र प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने दोषी प्रहरी अधिकारीहरूमाथि कडा कारबाही हुनुपर्ने मुख्य माग यथावत रहेको जनाएका छन् । यी मागहरू पूरा नभएसम्म पछि नहट्ने उनको चेतावनी छ ।

यसैगरी कक्रोच जनता पार्टीका राष्ट्रिय प्रवक्ता आशुतोष रंकाले सरकारले आफ्ना तीनवटा प्रमुख मागहरू लिखित रूपमा स्वीकार गरेमा मात्रै आफूहरू घर फर्कने स्पष्ट पारेका छन्। उनले देशभर शान्तिपूर्ण रूपमा क्यान्डल मार्च (मैनबत्ती जुलुस) निकाल्न अनुमति मागिएको जानकारी दिँदै आज साँझ ६ बजे सबैलाई ऐक्यबद्धताका लागि क्यान्डल मार्चमा सहभागी हुन आह्वानसमेत गरेका छन् ।

यसैबीच कक्रोच जनता पार्टीका मुख्य प्रवक्ता सौरव दासले सरकारले आफूहरूलाई वार्ताका लागि बोलाएको दाबी गरेका छन्। सरकारसँग हुने आगामी चरणको बार्ताका विषयमा बोल्दै उनले शिक्षामन्त्रीको राजीनामा आफैँमा एउटा ठूलो सफलता भए पनि लिखित सहमति नभएसम्म आन्दोलनस्थलबाट नहट्ने अडान दोहोर्‍याएका छन्।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ५ : ४९ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश