भारतद्वारा कुशा नामक नयाँ क्षेप्यास्त्रको सफल परीक्षण « Khabarhub

भारतद्वारा कुशा नामक नयाँ क्षेप्यास्त्रको सफल परीक्षण


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले जमिनबाट आकाशमा प्रहार गर्ने लामो दूरीको कुशा नामक नयाँ क्षेप्यास्त्रको पहिलो सफल परीक्षण गरेको छ ।

भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले पूर्वी राज्य ओडिसाको तटमा रहेको डा. एपीजे अब्दुल कलाम टापुबाट उक्त क्षेप्यास्त्रको परीक्षण गरेको हो ।

रक्षामन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल एक्समार्फत कुशा क्षेप्यास्त्र प्रणालीले लडाकु विमान, क्षेप्यास्त्र, मानवरहित हवाइ साधन (यूएभी) र ठूला विमानलगायत धेरै किसिमका हवाई खतरालाई फराकिलो दायरा र उचाइभित्रै निष्प्रभावी बनाउन सक्षम रहेको जानकारी दिएका छन् ।

उनले आजको सफल परीक्षण उडानले भारतीय रक्षा अनुसन्धान तथा विकासको क्षेत्रमा एक महत्त्वपूर्ण माइलस्टोन हासिल भएको बताएका छन्। लामो दूरीको सतहबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणाली विकास गर्ने क्षमता विश्वका थोरै मात्र राष्ट्रहरूसँग रहेको उनको भनाइ छ।

रक्षा मन्त्री सिंहले यो परीक्षणले यस्ता प्रणालीका लागि आयातमा रहेको परनिर्भरता समेत अन्त्य गर्ने र देशको हवाई रक्षा क्षमतामा ठूलो फड्को मार्ने बताएका छन्।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ६ : ५७ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री