प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल « Khabarhub

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल



काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै विश्व समुदायसामु नेपालको अधिकार र जलवायु न्यायको माग गरेका छन्। शालीन र विनम्र शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री शाहले सम्बोधन गर्दा सभाहलमा उपस्थित प्रतिनिधिहरूले ताली बजाएर समर्थन जनाएका छन्।

नेपाली समय अनुसार बिहान ५:४५ बजे सुरु भएको सम्बोधनमा प्रधानमन्त्री शाहले विपद्का लागि कुनै पनि देशलाई दोष नलगाउने तर जलवायु परिवर्तनका कारण नेपालले भोगेको क्षतिबापत आफ्नो अधिकार र सहयोग पाउनुपर्ने स्पष्ट धारणा राखे। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार प्रधानमन्त्रीको सम्बोधनलाई विभिन्न देशका प्रतिनिधिहरूले निकै चासोका साथ सुनेका थिए।

प्रधानमन्त्री शाहले भोटेकोशी विपद् सम्पूर्ण विश्वका लागि खतराको घन्टी भएको बताउँदै नेपालले मागेको जलवायु न्याय राष्ट्रसंघका दस्तावेजमा मात्रै सीमित हुन नहुनेमा जोड दिए। सम्बोधनका क्रममा उनले फागुन २१ मा सम्पन्न निर्वाचन इतिहासमै शान्तिपूर्ण र निष्पक्ष भएको उल्लेख समेत गरे।

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनका प्रमुख बुँदा:

१. भोटेकोशी बाढी र विपद् विश्वव्यापी जलवायु परिवर्तनका कारण सिर्जना भएको हो।

२. नेपाल यस मुद्दामा कुनै पनि देशलाई दोष लगाउन र यसलाई भूराजनीतिको विषय बनाउन चाहँदैन।

३. बाढी विपद्पछि नेपालमा सिर्जना भएको चुनौतीपूर्ण अवस्थासँग जुध्न विश्व समुदायले सहयोग गर्नुपर्छ।

४. फागुन २१ को निर्वाचन नेपालको इतिहासमै निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भयो।

५. भोटेकोशी बाढी विश्वकै लागि चेतावनी र चुनौतीपूर्ण थियो; के विश्व समुदायले त्यो चेतावनी सुन्यो?

६. नेपालले कम विकसित देश (एलडीसी) भएर पनि आफ्नो दायित्वभन्दा बढी वातावरणीय योगदान गरिरहेको छ।

७. जलवायु विपद्को सामना गर्न स्थानीय स्तरमा अनुकूलनका कार्यक्रमहरूलाई थप बलियो बनाउँदै लैजाने प्रतिबद्धता।

८. जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन, यो व्यवहारमा देखिनुपर्छ।

९. नेपाली नागरिकले आफ्नो हक अधिकार प्रयोग गरेर आफ्नो उज्ज्वल भविष्य आफैँ निर्माण गर्न पाउनुपर्छ।

१०. नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो मूल्य बर्सेनी चुकाइरहनु परेको छ।

११. अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारुद तोकिएकै समयमा पुग्ने तर नेपालीलाई आवश्यक पर्दा बजार मूल्यमै पनि मल वा इन्धन पाउन नसक्ने अवस्था छ।

१२. ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने क्षमता भएको विश्वले किसानलाई मर्यादित जीविकोपार्जनका साधनबाट वञ्चित राख्नु हुँदैन।

१३. भोटेकोशी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ; हिलो, ढुङ्गा र पानीका कारण केही शवहरू कहिल्यै फेला नपर्न सक्छन्।

१४. हिमनदीमुनिको पर्माफ्रस्ट पग्लिँदा पहाडी भिरालाहरूमा चिरा पर्दै गएको छ भने हिमपहिरो, बाढी र पहिरोजस्ता विपद्को जोखिम बढिरहेको छ।

१५. नेपाललाई पुनरुत्थान र पुनर्निर्माणमा विश्व समुदायको खाँचो छ; विपद्का बेला भारत र चीनले गरेको सहयोग प्रशंसनीय छ।

१६. धनी राष्ट्रहरू युद्ध र हतियारमा केन्द्रित हुँदा साना र गरिब राष्ट्रहरू थप कमजोर बनिरहेका छन्।

१७. जलवायु सङ्कटसँग जुध्न, जोखिमपूर्ण हिमतालको निगरानी गर्न र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन नेपाल, भारत र चीनबीच संयुक्त संयन्त्र बनाउनुपर्छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ७ : ०६ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले