हिसानले नेशनल स्टुडेन्ड ह्याकाथन स्टार्ट अप आयोजना गर्ने « Khabarhub

हिसानले नेशनल स्टुडेन्ड ह्याकाथन स्टार्ट अप आयोजना गर्ने


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले नेशनल स्टुडेन्ड ह्याकाथन स्टार्ट अप कार्यक्रम आयोजना गर्ने भएको छ ।  

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हिसानले स्थापनाको ३०औँ वर्षका अवसरमा विद्यार्थीलाई स्टार्टअप र नवप्रवर्तनमा जोड्ने लक्ष्यका साथ माघ ८ गतेदेखि १० गतेसम्म नेशनल स्टुडेन्ड ह्याकाथन स्टार्ट अप कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो ।

उक्त कार्यक्रममार्फत १० हजार युवा विद्यार्थीलाई स्टार्टअप, उद्यमशीलता र नवप्रवर्तनका क्षेत्रमा जोड्ने लक्ष्य राखिएको हिसानले जनाएको छ । 

विद्यार्थीको सिर्जनशीलता, नयाँ सोच र व्यावहारिक सीपलाई प्रोत्साहन गर्दै शैक्षिक जनशक्तिलाई उद्योग तथा व्यापारसँग जोड्ने उद्देश्य रहेको हिसानका अध्यक्ष युवराज शर्माले बताए ।

त्यस्तै उनले गुणस्तरीय शिक्षाको प्रवद्र्धन, निजी शिक्षामा लगानीको सुरक्षा तथा निजी शिक्षामैत्री ऐन, कानुन निर्माणका लागि निरन्तर राज्यलाई झकझकाउने काम गरेको बताए  । 

अध्यक्ष शर्माले अध्यादेशबाटै भए पनि विद्यालय शिक्षा ऐन आउने अपेक्षा रहेको र ऐन आएपछि निजी क्षेत्रले गर्ने काम तथा दायरा अझ फराकिलो र व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

आफ्नो ३०औँ स्थापना दिवसका अवसरमा मंसिर ९ र १० गते विभिन्न प्रदेश तथा जिल्ला तहमा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने हिसानले जनाएको छ । त्यस्तै मंसिर ११ गते काठमाडौंमा केन्द्रीय स्थापना दिवस समारोह आयोजना गरिने अध्यक्ष शर्माले बताए । 

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ४ : ५३ बजे

सामा-चकेवा समापन (तस्बिरहरू)

काठमाडौं– दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेम, आत्मीयता र सद्भावको प्रतीक

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ बागमती विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला क्रिकेट खेलमा

युक्रेन युद्धमा रुसका पाँच लाख सैनिकको मृत्यु : कसरी खुल्यो रहस्य ?

काठमाडाैँ – युक्रेन युद्धमा रुसले करिब पाँच लाख सैनिक गुमाएको

विराटनगर जुट मिल सञ्चालनको तयारी, लगानीकर्तालाई ३५ दिनको समय

काठमाडौँ – लामो समयदेखि बन्द अवस्थामा रहेको देशको पहिलो आधुनिक

गाउँको खेतमा जनमोर्चाको सामूहिक खेती, ३३ रोपनीमा फलाए धान (तस्बिरहरू)

बागलुङ– राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ ।