कृषि उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित « Khabarhub

कृषि उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत आर्थिक वर्ष २०८२-८३ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशतमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२र८३)’ अनुसार अघिल्लो आर्थिक वर्ष २०८१-८२ मा चार दशमलव ४३ प्रतिशत आर्थिक वृद्धि भएकामा गत आर्थिक वर्षमा वृद्धिदर घटेको हो ।

नेपाल राष्ट्र बैंकको उक्त वार्षिक प्रतिवेदनले गत आर्थिक वर्षमा नेपालको समग्र आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा घटेको, औद्योगिक क्षेत्रको क्षमता उपयोग कमजोर रहेको तथा आयात र निर्यात दुवैमा वृद्धि भएको देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा उपभोक्ताको मूल्यमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशत र प्रचलित मूल्यमा तीन दशमलव ८६ प्रतिशत रहने अनुमान गरिएको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४ दशमलव ५ प्रतिशत, १३ दशमलव ७ प्रतिशत र ६१ दशमलव ८ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको ३६ दशमलव ७१ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको चार दशमलव दुई प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्रमुख कृषि बालीको उत्पादन शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । त्यस्ता बालीले ढाकेको क्षेत्रफलसमेत एक दशमलव ५६ प्रतिशतले घटेको छ । तरकारी उत्पादनमा एक दशमलव ६७ प्रतिशत र फलफूल उत्पादनमा शून्य दशमलव २१ प्रतिशतले वृद्धि भएको छ भने मसला उत्पादन एक दशमलव ३४ प्रतिशतले घटेको छ ।

पशुजन्य उत्पादनतर्फ दूध उत्पादन तीन दशमलव ६४ प्रतिशतले बढेको छ । तर मासु उत्पादन शून्य दशमलव ०९ प्रतिशत र अण्डा उत्पादन पाँच दशमलव ७७ प्रतिशतले घटेको छ ।

वनजन्य उत्पादनतर्फ दाउरा उत्पादनमा १९ दशमलव ७४ प्रतिशत र औषधिजन्य वस्तुको उत्पादनमा ६५ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ भने काठ उत्पादन एक दशमलव ४० प्रतिशतले घटेको छ ।

    औद्योगिक क्षमता उपयोग घट्यो

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा वर्षमा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४८ दशमलव १३ प्रतिशतमा सीमित भएको छ । आर्थिक वर्ष २०८१र८२ मा यस्तो क्षमता उपयोग ५१ दशमलव ४३ प्रतिशत रहेको थियो ।

यसैगरी, २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको हिस्सा ३१ दशमलव ०२ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार उद्योगको क्षमता उपयोगमा आएको गिरावटले औद्योगिक उत्पादनका लागि उपलब्ध क्षमताको तुलनामा वास्तविक उत्पादन कम रहेको देखाएको छ ।

    पर्यटक आगमन र यातायात दर्तामा वृद्धि 

सेवा क्षेत्रअन्तर्गत सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या शून्य दशमलव ९५ प्रतिशतले बढेर ११ लाख ५८ हजार ४५९ पुगेको छ ।

गत आर्थिक वर्षमा घर तथा भवनको नक्सापास सङ्ख्या दुई दशमलव ९८ प्रतिशतले र घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त राजस्व शून्य दशमलव ०४ प्रतिशतले घटेको छ । यद्यपि यातायातका साधन दर्ताको सङ्ख्यामा १६ दशमलव १५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा प्रवाहमा भने वृद्धि भएको छ । २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ दशमलव ७२ प्रतिशतले र कर्जा प्रवाह छ दशमलव ५५ प्रतिशतले बढेको छ । समीक्षा अवधिको अन्त्यमा औसत कर्जा–निक्षेप अनुपात ७२ दशमलव ३७ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा प्रवाहमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी रहेको छ । कुल निक्षेपमा बागमती प्रदेशको हिस्सा ६४ दशमलव ०५ प्रतिशत र कुल कर्जामा ६० दशमलव ९१ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

गत आर्थिक वर्ष २०८२-८३ मा मुलुकमा २० हजार ६५७ किलोमिटर कालोपत्रे सडक, नौ हजार ३१६ किलोमिटर ग्राभेल सडक, नौ हजार ७०१ किलोमिटर कच्ची तथा नयाँ सडक र १५९ किलोमिटर रिजिड पेभमेन्ट निर्माण भएको छ।

    निर्यातभन्दा आयातको वृद्धि उच्च

गत आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा निर्यात र आयात दुवै बढेका छन् । कुल वस्तु निर्यात १३ दशमलव ८१ प्रतिशतले वृद्धि भई रु तीन खर्ब १५ अर्ब २९ करोड पुगेको छ । त्यस्तै, कुल वस्तु आयात १६ दशमलव २० प्रतिशतले बढेर रु २० खर्ब ९६ अर्ब ३८ करोड पुगेको छ । निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च रहेको प्रतिवेदनले देखाएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ९पुनः श्रम स्वीकृतिसहित० गत आर्थिक वर्षमा सात लाख ९२ हजार १८७ रहेको छ । प्रदेशगत रूपमा वैदेशिक रोजगारीमा जानेमध्ये मधेस प्रदेशको हिस्सा सबैभन्दा बढी २२ दशमलव ६० प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम तीन दशमलव ८५ प्रतिशत रहेको छ ।

    सङ्घीय बजेट खर्च संशोधित अनुमानमा ९३ दशमलव ७१ प्रतिशत

गत आर्थिक वर्ष २०८२-८३ मा संघीय सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरेको थियो । बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधन गरी कुल बजेट रु १६ खर्ब ८८ अर्ब ३३ करोड कायम गरिएको थियो ।

संशोधित बजेटमध्ये आर्थिक वर्षको अन्त्यसम्ममा रु १५ खर्ब ८२ अर्ब १७ करोड खर्च भएको छ । यो संशोधित बजेटको ९३ दशमलव ७१ प्रतिशत हो ।

त्यस्तै, गत आर्थिक वर्षमा सातवटै प्रदेशको कुल विनियोजित बजेट रु दुई खर्ब ८७ अर्ब ७१ करोड रहेको थियो । उक्त बजेटमध्ये चालु खर्चतर्फ ८६ अर्ब चार करोड अर्थात् ३० दशमलव ०३ प्रतिशत, पुँजीगत खर्चतर्फ एक खर्ब ७१ अर्ब १७ करोड अर्थात् ५९ दशमलव ४९ प्रतिशत विनियोजन गरिएको थियो । 

यसैगरी, वित्तीय व्यवस्थातर्फ ९८ करोड अर्थात् शून्य दशमलव ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ रु २९ अर्ब १६ करोड अर्थात् १० दशमलव १४ प्रतिशत बजेट विनियोजन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ४ : ५७ बजे

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

क्वालालम्पुर– मलेसिया एयरलाइन्सले आफ्नो विमान बेडा आधुनिकीकरण गर्दै लामो दूरीको

सामा-चकेवा समापन (तस्बिरहरू)

काठमाडौं– दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेम, आत्मीयता र सद्भावको प्रतीक

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ बागमती विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला क्रिकेट खेलमा

युक्रेन युद्धमा रुसका पाँच लाख सैनिकको मृत्यु : कसरी खुल्यो रहस्य ?

काठमाडाैँ – युक्रेन युद्धमा रुसले करिब पाँच लाख सैनिक गुमाएको

विराटनगर जुट मिल सञ्चालनको तयारी, लगानीकर्तालाई ३५ दिनको समय

काठमाडौँ – लामो समयदेखि बन्द अवस्थामा रहेको देशको पहिलो आधुनिक