सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन « Khabarhub

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवासम्बन्धी जनगुनासा तत्काल सम्बोधन गरी सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् ।

मंगलबार दूरसञ्चार कार्यालय बनेपाको निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सेवाग्राहीका समस्या समाधानलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले काम गर्न कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका हुन् ।

उनले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न र समाधान हुन नसकेका विषयमा निरन्तर पहल तथा फलोअप गर्न निर्देशन दिए । नागरिकका गुनासा सरकारको प्राथमिकतामा रहेकाले समाधानका लागि निश्चित समयसीमा तोकेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

‘संस्था बलियो भए मात्र त्यसबाट नागरिकले लाभ लिन सक्छन् । नेपाल टेलिकमको सेवा गुणस्तरका विषयमा उपभोक्ताले गुनासो गर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘सेवा सुधारका नाममा नागरिकलाई थप आर्थिक तथा प्रशासनिक दायित्व थोपर्नु हुँदैन ।’

मन्त्री तिमिल्सिनाले देशभर नेटवर्क विस्तार भइरहे पनि विभिन्न स्थानमा सेवा अवरुद्ध हुने, फोन नलाग्ने र इन्टरनेट नचल्ने समस्या कायमै रहेको बताए । उनले सेवा प्रवाहलाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिँदै नेटवर्कको क्षमता विस्तारमा आवश्यक स्रोतसाधनको अभाव हुन नदिन पनि टेलिकमलाई आग्रह गरे ।

नेपाल टेलिकमले हाल देशभर करिब पाँच हजार टावरमार्फत सेवा प्रदान गर्दै आएको छ । सेवा गुणस्तर सुधार र पहुँच विस्तारका लागि चालु आर्थिक वर्षमा थप एक हजार ६०० टावर स्थापना गर्ने गरी खरिद प्रक्रिया अघि बढाइएको छ ।

निरीक्षणका क्रममा दूरसञ्चार कार्यालय बनेपाका प्रमुख दिलीप ज्ञवालीले काभ्रेपलाञ्चोकमा करिब ३०० ग्राहकलाई राउटर उपलब्ध गराउन नसकिएको जानकारी दिए । फाइबर इन्टरनेटका ग्राहक बढ्दै गए पनि नयाँ राउटरको अभावमा नयाँ ग्राहकलाई उपकरण उपलब्ध गराउन समस्या भइरहेको उनले बताए ।

उनका अनुसार नयाँ राउटर उपलब्ध नभएकाले पुराना राउटर मर्मतसम्भार गरेर सञ्चालन गर्नुपर्ने अवस्था छ ।

त्यस्तै, जिल्लाका विभिन्न स्थानमा सडक विस्तार तथा नेपाल विद्युत् प्राधिकरणका पोल सार्ने क्रममा नेपाल टेलिकमको ‘फाइबर टू द होम ९एफटिटिएच०’ सेवाका केबलमा क्षति पुग्दा नेटवर्क सञ्चालनमा समस्या हुने गरेको ज्ञवालीले बताए । यस्ता संरचनागत कामका क्रममा टेलिकमको सञ्जालमा क्षति पुग्ने गरेको र सेवा नियमित बनाउन थप स्रोतसाधन आवश्यक रहेको उनको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले स्थानीयस्तरमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधानका लागि पहल गर्न र उपभोक्तालाई गुणस्तरीय दूरसञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १० : ४० बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका