पाकिस्तानको राजधानीमा अफगान पत्रकार पक्राउ « Khabarhub

पाकिस्तानको राजधानीमा अफगान पत्रकार पक्राउ


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अफगान पत्रकार पक्राउ परेका छन् । पाकिस्तानी प्रहरीले अफगान पत्रकार परविज अमिन्जादालाई पक्राउ गरेको हो ।

हश्त-ए सुभ दैनिकले बुधबार राति स्रोतबाट प्राप्त जानकारी अनुसार अमिन्जादालाई बुधबार बेलुका करिब पौने सात बजे फैसलावाद टाउन क्षेत्रबाट पाकिस्तानी प्रहरीले नियन्त्रणमा लिएको हो ।

अफगानिस्तानमा तालिबान पुनः सत्तामा फर्किएपछि आफ्नो सुरक्षा र सम्भावित प्रतिशोधको डरले ठूलो संख्यामा पत्रकारहरू इरान र पाकिस्तान लगायतका छिमेकी मुलुकहरूमा भागेका थिए ।

पछिल्ला महिनाहरूमा पाकिस्तानी प्रहरीले पत्रकारहरू सहित अफगान शरणार्थीहरूलाई पक्राउ गर्ने र देश निकाला गर्ने क्रम तीव्र बनाएको छ। यस कदमको पत्रकार र सञ्चार स्वतन्त्रताको पक्षमा काम गर्ने विभिन्न संघसंस्थाहरूले व्यापक विरोध जनाएका छन्।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : ०९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी