अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग? « Khabarhub

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका अध्यक्ष अभिजित दिप्केलाई टाइफाइड भएको छ । उनले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै रगत परीक्षणमा टाइफाइड पुष्टि भएको बताएका छन् । उनले हाल बिहान–साँझ आईभी (इन्ट्राभेनस) मार्फत् उपचार भइरहेको बताएका छन्।

वर्षायाममा नेपाल र भारतमासमेत टाइफाइडका बिरामी बढ्ने गर्छन्। सामान्य ज्वरो ठानेर बेवास्ता गरिने यो रोग समयमै उपचार नभए गम्भीर बन्न सक्छ।

टाइफाइड के हो ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार टाइफाइड साल्मोनेला टाइफी नामक ब्याक्टेरियाबाट हुने गम्भीर संक्रमण हो। यो दूषित खाना वा फोहोर पानीको माध्यमबाट शरीरमा प्रवेश गर्छ र त्यसपछि रगतमार्फत फैलिन्छ।

विश्वभर हरेक वर्ष करिब १ करोड १० लाखदेखि २ करोड १० लाख मानिस टाइफाइडबाट संक्रमित हुने र झन्डै २ लाख मानिसको मृत्यु हुने अनुमान छ। यसका साथै, हरेक वर्ष करिब ५० लाख प्याराटाइफाइडका घटना पनि देखिने गरेका छन्, जसको ठूलो हिस्सा दक्षिण एसियामा पर्छ।

टाइफाइडका लक्षण

ब्याक्टेरियाको संक्रमण भएको १० देखि १४ दिनपछि सामान्यतया लक्षण देखिन थाल्छन्।

प्रमुख लक्षण :

बिस्तारै बढ्दै जाने उच्च ज्वरो
टाउको दुख्ने
अत्यधिक थकान र कमजोरी
पेट दुख्ने
वाकवाकी वा बान्ता
भोक कम लाग्ने
कब्जियत वा पखाला
मांसपेशी दुख्ने
शरीरमा राता दाग (र्‍यास) देखिनु

उपचार नगरे ३ देखि ४ हप्ता वा त्योभन्दा बढी समयसम्म रहन सक्छ।

कहिले खतरनाक बन्छ?

समयमै उपचार नभए टाइफाइडले गम्भीर रूप लिन सक्छ।

विशेषज्ञहरूका अनुसार :

लगातार उच्च ज्वरो
पेट फुल्ने
तीव्र रूपमा तौल घट्ने
शरीरमा पानीको कमी (डिहाइड्रेसन)
मानसिक भ्रम (डिलिरियम)
आन्द्रामा घाउ वा प्वाल पर्नु
आन्तरिक रक्तस्राव
मस्तिष्क सुन्निनु
मिर्गौला फेल हुनु
निमोनिया
अग्न्याशय (प्यान्क्रियाज) मा सूजन
मेनिन्जाइटिस

जस्ता जटिल समस्या हुन सक्छन्। त्यसैले लगातार ज्वरो वा गम्भीर लक्षण देखिए तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ।

टाइफाइडमा आईभी किन लगाइन्छ?

गम्भीर अवस्थामा बिरामीको शरीरमा पानीको कमी हुन सक्छ। यस्तो अवस्थामा आईभीमार्फत तरल पदार्थ र औषधि सिधै नसाबाट दिइन्छ। यसले औषधि छिटो प्रभावकारी बनाउँछ र शरीरमा पानीको मात्रा पनि कायम राख्न मद्दत गर्छ।

टाइफाइड कसरी पत्ता लगाइन्छ?

टाइफाइडको शंका लागेमा चिकित्सकले विभिन्न परीक्षण गर्न सल्लाह दिन्छन्।

तीमध्ये:

रगत परीक्षण
ब्लड कल्चर
दिसा परीक्षण
पिसाब परीक्षण
विडाल परीक्षण
टाइफिडट परीक्षण

केही जटिल अवस्थामा एन्टिबायोटिकले काम नगरेमा बोन म्यारो कल्चर पनि गर्न सिफारिस गरिन सक्छ।

टाइफाइडबाट कसरी बच्ने?

सफा र सुरक्षित पानी मात्र पिउने
ताजा र राम्रोसँग पकाएको खाना खाने
खाना खानुअघि र पकाउनुअघि साबुनपानीले हात धुने
खुला ठाउँमा बेचिने असुरक्षित खाना नखाने
घर तथा वरपर सरसफाइ कायम राख्ने

जोखिम बढी भएका क्षेत्रमा जानुअघि चिकित्सकको सल्लाहमा टाइफाइडविरुद्धको खोप लगाउने । यी सावधानी अपनाए टाइफाइडबाट बच्न सकिन्छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ३ : २३ बजे

साउने झरीले थपिदियो आन्दोलनकारी लघुवित्त पीडितको पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले