कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोगमा विद्यालय भवन निर्माण थालियो « Khabarhub

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोगमा विद्यालय भवन निर्माण थालियो


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शनिबार शिलान्यास गरिएको छ।

काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

भारतीय राजदूतावासका अनुसार भारत सरकारको करिब १ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन निर्माण हुन लागेको हो।

उक्त परियोजना भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। यो कञ्चनपुर जिल्लामा सञ्चालन भइरहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

शिलान्यास कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुखसहित अन्य सरोकारवालाले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

भारतीय राजदूतावासले नेपाल र भारतबीचको विकास सहकार्यलाई थप सुदृढ बनाउन उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

यसका साथै, यस्ता परियोजनाले नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ३ : ४८ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा