कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोगमा विद्यालय भवन निर्माण थालियो « Khabarhub

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोगमा विद्यालय भवन निर्माण थालियो


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शनिबार शिलान्यास गरिएको छ।

काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

भारतीय राजदूतावासका अनुसार भारत सरकारको करिब १ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन निर्माण हुन लागेको हो।

उक्त परियोजना भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। यो कञ्चनपुर जिल्लामा सञ्चालन भइरहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

शिलान्यास कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुखसहित अन्य सरोकारवालाले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

भारतीय राजदूतावासले नेपाल र भारतबीचको विकास सहकार्यलाई थप सुदृढ बनाउन उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

यसका साथै, यस्ता परियोजनाले नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ३ : ४८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का