चिनियाँ जेलमा सजाय काट्दै पास्टर वाङ लिन « Khabarhub

चिनियाँ जेलमा सजाय काट्दै पास्टर वाङ लिन


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको जायोन चर्चका पास्टर वाङ लिन जेल परेको झण्डै एक वर्ष पूरा भएको छ । उनकी पत्नी सारा सुले हालै ‘द भ्वाइस अफ द मार्टर्स युएसए’ सँग आफ्ना पतिको कारावास, परिवारले भोगिरहेको सङ्घर्ष प्रति उनको अटल प्रतिबद्धताका बारेमा कुराकानी गरेकी छिन् ।

याङत्से नदी क्षेत्रमा चर्चाको नेतृत्व गर्दै आएका पास्टर वाङलाई चिनियाँ अधिकारीहरूले ठगी र अवैध व्यापारिक गतिविधि गरेको आरोपमा गिरफ्तार गरेका हुन् । सुका अनुसार विश्वासीहरूले चर्चमा दिएको दानलाई नै अधिकारीहरूले ठगीको आधार बनाएका छन् । सन् २०१८ देखि चर्चहरू बन्द गर्न थालिएपछि जायोन चर्चले आफ्ना गतिविधिहरू जुम र युट्युबसहित अनलाइन माध्यमबाट सञ्चालन गर्दै आएको थियो । जसले त्यहाँको सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको ध्यान खिचेको थियो।

कारावासमा पास्टर वाङलाई पोषिलो खाना नदिएको र गार्डहरूबाट दुव्र्यवहार सहनुपरेका कारण उनमा स्वास्थ्य समस्या देखापरेको छ । पास्टर वाङसहित यस चर्चका आठ जना नेताहरू अहिले चीनको जेलमा सजाय काटिरहेका छन् ।

उनको पक्षमा वकालत गर्ने वकिलहरूले पनि आफ्नो लाइसेन्स गुमाउनु परेको छ भने यस घटनाले उनका बालबालिकामाथि समेत गहिरो असर पारेको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ७ : ३२ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको