ओली र गगनलक्षित बालेनको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी « Khabarhub

ओली र गगनलक्षित बालेनको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानीपूर्ण अभिव्यक्ति दिएको भन्दै उजुरी परेको हो ।

धर्मराज तिमिल्सिनाले उजुरी दिएका हुन् । केही दिनअघि बालेनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगनकुमार थापालक्षित अभिव्यक्ति दिएका थिए ।

निर्वाचनपछिको प्रधानमन्त्रीको उम्मेदवारहरूको पब्लिक डिबेट गर्ने विषयमा चर्चा चलिरहेको छ ।

त्यही सन्दर्भमा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहेको बताएका थिए । त्यसमा बालेनले ओली र थापाप्रति लक्षित गर्दै असहिष्णु अभिव्यक्ति दिएका थिए ।

‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैँ २३ गते बच्चा मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यसपछि अरू कुरा गरौँला । ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ,’ उनले भनेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ५ : २४ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन