बेलारुसी राष्ट्रपति लुकाशेन्को उत्तर कोरियामा « Khabarhub

बेलारुसी राष्ट्रपति लुकाशेन्को उत्तर कोरियामा


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ- पश्चिमी प्रतिबन्ध र भू–राजनीतिक दबाबबीच उत्तर कोरिया र बेलारुसले आफ्नो सम्बन्धलाई औपचारिक रूपमा नयाँ उचाइमा पुर्‍याएका छन् । दुई देशका नेताहरूले ‘मित्रता र सहयोग’ सन्धिमा हस्ताक्षर गर्दै द्विपक्षीय सहकार्यलाई सुदृढ गर्ने सन्देश दिएका छन् ।

यसलाई बदलिँदो विश्व शक्ति सन्तुलनको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ । प्योङयाङमा भएको भेटवार्ताका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोलाई न्यानो स्वागत गरेको राज्य सञ्चार माध्यमहरूले जनाएका छन् ।

लुकाशेन्कोको यो उत्तर कोरियाको पहिलो भ्रमण हो, जसलाई दुवै देशबीचको सम्बन्ध विस्तारको सङ्केतका रूपमा लिइएको छ । भेटका क्रममा लुकाशेन्कोले सोभियत युगदेखि कायम मित्रतालाई स्मरण गर्दै अहिलेको चरणलाई ‘नयाँ विकासको युग’ का रूपमा व्याख्या गरे ।

उनले विश्वका प्रमुख शक्तिहरूले अन्तर्राष्ट्रिय कानूनको बेवास्ता गरिरहेको आरोप लगाउँदै स्वतन्त्र राष्ट्रहरूले अझ नजिक सहकार्य गर्नुपर्ने धारणा राखे । यसअघि राजधानी प्योङयाङस्थित किम इल सुङ स्क्वायरमा भव्य स्वागत कार्यक्रम आयोजना गरिएको थियो, जहाँ तोप सलामी र सैनिक परेडमार्फत लुकाशेन्कोलाई सम्मान गरिएको थियो ।

भ्रमणका क्रममा उनले कुमसुसन प्यालेस अफ द सन पुगेर किम जोङ उनका पिता र हजुरबुबाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तर्फबाट पनि पुष्पगुच्छा अर्पण गरेको जनाइएको छ । यो सहकार्यलाई व्यापक रूपमा चीन र रुसले अघि बढाइरहेको ‘बहुध्रुवीय विश्व’ अवधारणासँग जोडेर हेरिएको छ ।

उत्तर कोरिया र बेलारुस दुवैले युक्रेन युद्धमा रुसलाई समर्थन गर्दै आएका छन् । बेलारुसले आफ्नो भूभागलाई आक्रमणका लागि प्रयोग गर्न दिएको छ भने उत्तर कोरियाले हजारौँ सैनिक, साथै हतियार र गोला–बारुद सहयोग गरेको पश्चिमी तथा दक्षिण कोरियाली गुप्तचर निकायहरूले अनुमान गरेका छन् । यसअघि सन् २०२४ मा रुस र उत्तर कोरियाबीच भएको रणनीतिक साझेदारी सम्झौताले दुवै पक्षलाई आवश्यक परे सैन्य सहयोग गर्न बाध्य बनाएको छ ।

विश्लेषकहरूका अनुसार यस सहकार्यबाट उत्तर कोरियाले आर्थिक सहायता, खाद्यान्न, ऊर्जा र सैन्य प्रविधि प्राप्त गरिरहेको छ । यसले उसलाई चीनमाथिको निर्भरता घटाउन सहयोग पुर्‍याइरहेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा बेलारुससँग सम्बन्ध सुधार गर्ने प्रयास गरेका छन् ।

उनले प्रतिबन्धहरू केही खुकुलो बनाउँदै बेलारुसलाई आफ्नो ‘शान्ति पहल’ मा सहभागी गराउने सङ्केत दिए । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किम जोङ उनसँग तीन पटक भेट गरिसकेका थिए र पुनः भेटघाटको सम्भावना पनि चर्चामा रहेको छ ।

यद्यपि हालको इरानसम्बन्धी तनावले त्यसमा ढिलाइ भएको बताइएको छ । बेलारुसका विदेशमन्त्री म्याक्सिम राइजेनकोभका अनुसार नयाँ सन्धिसँगै कृषि, औद्योगिक उत्पादन र व्यापारका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गरिनेछ । उनले विशेष रूपमा औषधि उत्पादन र खाद्यान्न आपूर्तिमा सहकार्यको सम्भावना औँल्याए ।

साथै उत्तर कोरियाबाट कस्मेटिक उत्पादनहरू आयात गर्ने विषयमा पनि चासो देखाइएको छ । विश्लेषक ली हो–रयुङका अनुसार यो भ्रमणको मुख्य उद्देश्य पश्चिमी प्रभावविरुद्ध उभिएका राष्ट्रहरूबीच एकता प्रदर्शन गर्नु हो । उनका अनुसार किम जोङ उनले यस अवसरलाई आफ्नो कूटनीतिक प्रभाव विस्तार गर्ने र वैकल्पिक शक्ति समूहलाई बलियो बनाउने प्रयासका रूपमा प्रयोग गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  २ : १२ बजे

वर्षापछि वायुको गुणस्तरमा सुधार

काठमाडौं– गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायुको

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौं– नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन (शनिबार

दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

काठमाडौं– दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

पेरिस- मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि

समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर– कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री