बस्फोरस स्ट्रेटनजिक कृष्ण सागरमा रुसी तेल बोकेको टर्किस ट्याङ्करमा ड्रोन आक्रमण « Khabarhub

बस्फोरस स्ट्रेटनजिक कृष्ण सागरमा रुसी तेल बोकेको टर्किस ट्याङ्करमा ड्रोन आक्रमण


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल– रुसबाट १ लाख ४० हजार टन कच्चा तेल बोकेर आएको टर्कीको ‘अल्टुरा’ नामक जहाज ड्रोन आक्रमणमा परेको छ । स्थानीय सञ्चार माध्यम एनटिभीका अनुसार इस्तानबुलको बोस्फोरस स्ट्रेटबाट करिब २४ किलोमिटर टाढा कृष्ण सागरमा घटना भएको हो ।

ठूलो विष्फोटका कारण जहाजको मुख्य नियन्त्रण कक्ष र इन्जिन कोठामा गम्भीर क्षति पुगेको छ । इन्जिन कक्षमा पानी पस्न थालेपछि जहाजले आपतकालीन संकेत पठाएको थियो । त्यसलगत्तै टर्कीको तटरक्षक बल र आपतकालीन टोलीहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए ।

जहाजमा सवार २७ जना चालक दलका सदस्यहरू सबै टर्कीका नागरिक हुन् । उनीहरू सबै सुरक्षित रहेको र कसैलाई पनि चोट नलागेको बताइएको छ ।

हाल घटनास्थलमा उद्धार कार्य जारी छ । यो आक्रमण कसले र किन गरेको हो भन्नेबारे टर्कीका अधिकारीहरूले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएका छैनन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  २ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार