फिलिपिन्सद्वारा दक्षिण चीन सागरमा चिनियाँ दाबी अस्वीकार « Khabarhub

फिलिपिन्सद्वारा दक्षिण चीन सागरमा चिनियाँ दाबी अस्वीकार


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिलिपिन्सले दक्षिण चीन सागरमाथि चीनले गर्दै आएको सार्वभौमसत्ताको दाबीलाई अस्वीकार गरेको छ । चिनियाँ दूतावासले एक फिलिपिनो कूटनीतिज्ञले विवादित ‘स्कारबोरो शोल’ टापु फिलिपिन्सको होइन भनी स्वीकार गरेको दाबी गरेको थियो ।

फिलिपिन्सले सोमबार सो दाबीको खण्डन गर्दै समुद्री क्षेत्रको अधिकार अन्तर्राष्ट्रिय कानुनअनुसार तय हुने बताएको छ । फिलिपिन्सको परराष्ट्र मन्त्रालयका प्रवक्ता रोजेलियो भिलानुभाले समुद्री दाबीहरू सामाजिक सञ्जालका पोस्टबाट नभई कानुनी प्रक्रियाबाट समाधान हुनुपर्ने बताए । उनले ‘स्कारबोरो शोल’ र अन्य टापुहरूमा फिलिपिन्सको लामो समयदेखि अविभाज्य अधिकार रहेको स्पष्ट पारे ।

यता मनिलास्थित चिनियाँ दूतावासले भने आफूहरूले पूरै दक्षिण चीन सागरलाई आफ्नो भूभाग नभनेको दाबी गरेको छ । अहिले ‘स्कारबोरो शोल’ टापु चीनको तटीय रक्षक बलको नियन्त्रणमा छ ।

यो क्षेत्र फिलिपिन्सको तटबाट २०० किलोमिटर टाढा र उसको विशेष आर्थिक क्षेत्रभित्र पर्दछ । यो ठाउँ माछा मार्न र जहाजहरूको सुरक्षाका लागि निकै महत्त्वपूर्ण मानिन्छ ।

पछिल्ला वर्षहरूमा यस क्षेत्रलाई लिएर दुई देशका जहाजहरूबीच पटक-पटक मुठभेड समेत हुँदै आएको छ। सन् २०१६ मा अन्तर्राष्ट्रिय मध्यस्थता अदालतले दक्षिण चीन सागरमा चीनको दाबीको कुनै कानुनी आधार नभएको फैसला सुनाएको थियो ।

तर चीनले सो ऐतिहासिक फैसलालाई अहिलेसम्म मान्न अस्वीकार गर्दै आएको छ । फिलिपिन्सले भने चीनले आफ्नो समुद्री क्षेत्रमा आक्रामक गतिविधि बढाएको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ४ : २५ बजे

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज