पाकिस्तानी हमलाका कारण अफगान विद्यालय बन्द « Khabarhub

पाकिस्तानी हमलाका कारण अफगान विद्यालय बन्द


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानको दुर्गम हिन्दुकुश क्षेत्रमा पर्ने बारीकोट यतिबेला खण्डहरमा परिणत भएको छ। फेब्रुअरीको अन्त्यतिर सुरु भएको द्वन्द्वका कारण यहाँका करिब ८ हजार बासिन्दाले गाउँ छोडेर भाग्नुपरेको थियो । यसै साता बारीकोट जोड्ने सडक पुनः सञ्चालनमा आएपछि पुगेका एएफपीका पत्रकारहरूले त्यहाँको हृदयविदारक अवस्था फेला पारेका छन्।

द्वन्द्वको चपेटामा यहाँको एक मात्र विद्यालय नराम्ररी ध्वस्त भएको छ, जहाँ प्राथमिकदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीहरू अध्ययन गर्थे। विद्यालयको विज्ञान प्रयोगशाला फुटेका सिसाका टुक्राहरूले भरिएको छ भने भित्तामा झुण्डिएका पुराना कार्यतालिकाहरू र त्यहाँ छाडिएका पुस्तकहरू धुलोले छोपिएका छन् ।

आफ्नो पसल ध्वस्त भएपछि भौंतारिएका २३ वर्षीय रुहोल्लाह खपालवाकले आफूले पढेको विद्यालय यस्तो अवस्थामा देख्दा निकै दुःख लागेको बताए। स्थानीय बासिन्दाले विद्यालयमा भएको यो व्यापक क्षति पाकिस्तानी पक्षबाट भएको गोलाबारीका कारण भएको दाबी गरेका छन्।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयको प्रतिवेदन अनुसार, अफगानिस्तानको उत्तर-पूर्वी कुनार प्रान्तमा तत्काल पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेका २२ वटा विद्यालयमध्ये बारीकोट माध्यमिक विद्यालय पनि एक हो।

द्वन्द्वका कारण विस्थापित वा प्रभावित भएका करिब १२ हजार विद्यार्थीलाई सुरक्षित सिकाइ केन्द्र र छुटेका कक्षाहरू पूरा गर्न विशेष सहयोगको खाँचो रहेको ओचाले जनाएको छ। बारीकोटको मुख्य बजारका पसलहरू अहिले पनि बन्द छन् भने कतिपय पसलहरू भग्नावशेषमा परिणत भएका छन्, जसले यहाँको जनजीवन सामान्य अवस्थामा फर्कन अझै लामो समय लाग्ने संकेत गर्दछ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ५ : ०७ बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट