निर्यात प्रतिबन्धका कारण चीनको तेल निर्यातमा गिरावट « Khabarhub

निर्यात प्रतिबन्धका कारण चीनको तेल निर्यातमा गिरावट


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट हुने प्रशोधित तेल उत्पादनको निर्यातमा मार्च महिनामा उल्लेख्य गिरावट आएको छ। भन्सार विभागले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अघिल्लो वर्षको सोही अवधिको तुलनामा मार्चमा तेल निर्यात ११.५ प्रतिशतले घटेको हो। बेइजिङले प्रशोधित इन्धन निर्यातमा लगाएको प्रतिबन्धका कारण यो गिरावट आएको विश्लेषण गरिएको छ।

गत महिना चीनले कुल ४६ लाख मेट्रिक टन प्रशोधित तेल निर्यात गरेको छ, जसमा डिजेल, पेट्रोल, हवाई इन्धन र सामुद्रिक इन्धन समावेश छन्। चिनियाँ अधिकारीहरूले गत महिना इन्धन निर्यातमा रोक लगाउने आदेश दिएका थिए, जसअन्तर्गत मार्च ११ सम्म भन्सार प्रक्रिया पूरा नभएका कार्गोहरूलाई रोकिएको थियो। हवाई इन्धन (जेट फ्युल) लाई भने यो प्रतिबन्धबाट बाहिर राखिएको छ। यो प्रतिबन्ध अप्रिल महिनाभरि नै जारी रहने सम्भावना छ, यद्यपि सहायताका लागि अनुरोध गर्ने छिमेकी देशहरूका लागि थोरै परिमाणमा छुट दिन सकिने जनाइएको छ।

तथ्याङ्क अनुसार, मार्च महिनामा पेट्रोलको निर्यातमा सबैभन्दा ठूलो गिरावट देखिएको छ, जुन ६७.९ प्रतिशतले घटेर ३ लाख टनमा खुम्चिएको छ। त्यस्तै, हवाई इन्धनको निर्यात ११.२ प्रतिशतले घटेर १५.२ लाख टन पुगेको छ। यसको विपरीत डिजेलको निर्यातमा भने १.५ प्रतिशतको सामान्य वृद्धि भई ७.६ लाख टन पुगेको छ।

सन् २०२६ को पहिलो त्रैमासिक अवधिलाई हेर्दा चीनले कुल १ करोड २७ लाख ४० हजार टन प्रशोधित तेल निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.६ प्रतिशतले बढी हो। अर्कातर्फ, चीनको तरल प्राकृतिक ग्यासको आयातमा पनि मार्च महिनामा १९.२ प्रतिशतको गिरावट आएको छ। पहिलो त्रैमासिक अवधिमा एलएनजी आयात अघिल्लो वर्षको तुलनामा ६.४ प्रतिशतले घटेको भन्सार तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ५ : १७ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका