प्रसाईंलाई बिनाकारण थुनेको पुष्टि, अदालतले साधारण तारेखमा छाडिदियो « Khabarhub

प्रसाईंलाई बिनाकारण थुनेको पुष्टि, अदालतले साधारण तारेखमा छाडिदियो


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ।

वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएका उनलाई मंगलबार अदालतले साधारण तारेखमा छाड्न भनेको हो।

विद्युतीय कारोबार र राज्यविरुद्धको कसूर अभियोगमा मुद्दा चलाइएका उनलाई न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

सामाजिक सञ्जालमार्फत् उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भाव बिगार्ने गतिविधि गरेको र राज्यविरुद्ध उक्साउने गतिविधिमा संलग्न रहेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो । तर प्रहरीको उक्त दाबी पुष्टि हुने कुनै आधार नभेटिएको निष्कर्ष अदालतले निकालेको छ।

‘माथिको आदेश’ भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रसाईं यसअघि केपी शर्मा ओली र सुशीला कार्की नेतृत्वको सरकारको निशानामा परिरहन्थे। अब वालेन्द्र शाहले पनि पनि उनका गतिविधिमा नियन्त्रण गर्न थालेका हुन् । तर वालेन्द्र नेतृत्वको सरकाले हिरासतमा लगे पनि उनीमाथिको अभियोग पुष्टि गर्न सकेनन् ।

‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक रहेका प्रसाईं एक कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका थिए । उक्त कार्यक्रमको तयारीका लागि होटलमा जुटेका बेला उनलाई प्रहरीले उठाएको थियो ।

सर्वोच्च अदालतले पनि प्रसाईंलाई थप हिरासतमा नराख्न आदेश दिएको थियो । थपिएको म्यादभित्रै अनुसन्धान टुंग्याएर मुद्दा लैजान सर्वोच्चले भनेको थियो । दोस्रो म्याद आइतबार सकिएसँगै मुद्दा अदालत लानैपर्ने बबामा प्रहरी थियो । त्यही भएर सोमबार उनीविरुद्ध मुद्दा चलेको थियो ।

उनले यसअघि आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले म्याद थप नगर्न सरकारका नाममा परमादेश दिएका थिए। 

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ३ : ३८ बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम