माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा नै सरकारी कामकाजी « Khabarhub

माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा नै सरकारी कामकाजी


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई औपचारिक रूपमा सरकारी कामकाजको भाषाका रूपमा लागू गरेको छ।

गाउँपालिकाको २०८३ वैशाख ११ गते सम्पन्न ६६औँ कार्यपालिका बैठकको निर्णयअनुसार मंगलबारदेखि लिम्बू भाषा कार्यान्वयनमा ल्याइएको हो।

संविधानको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हक, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै गाउँपालिकाले लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा लागू गरेको जनाएको छ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा गाउँपालिका अध्यक्ष हेमन्त राईले लिम्बू भाषालाई औपचारिक रूपमा सरकारी कामकाजको भाषाका रूपमा लागू गरिएको घोषणा वाचन गरेका थिए।

गाउँपालिकाका अनुसार बहुसङ्ख्यक लिम्बू समुदायले बोल्ने यो भाषा किरात सिरिजङ्गा लिपिमा लेखिनेछ। घोषणा पछि माङसेबुङ गाउँपालिका र साम्जिक मुन्धुम आधारभूत विद्यालयबीच भएको एक सम्झौतापत्र पनि लिम्बू भाषा र लिपिमै तयार गरी हस्ताक्षर गरिएको छ।

सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिप्रसाद खतिवडा र विद्यालयका प्रधानाध्यापक कल्पना लिम्बूले हस्ताक्षर गरेका हुन्।

गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले ७५३ स्थानीय तहमध्ये लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा लागू गर्ने माङसेबुङ पहिलो गाउँपालिका भएको दाबी गरेका छन्।

लिम्बू भाषा सरकारी कामकाजी भाषाका रूपमा लागू भएपछि स्थानीय सरोकारवालाहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार मोहनसिंह थेवेले यो निर्णय मातृभाषा संरक्षणका लागि महत्वपूर्ण कदम भएको बताएका छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार माङसेबुङ गाउँपालिकामा १६ हजार ८१० जनसङ्ख्या रहेको छ। यहाँ ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई समुदायको बसोबास छ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ५ : ४३ बजे

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि