रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सागर ढकालले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा « Khabarhub

रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सागर ढकालले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा अत्यधिक मतका साथ विजयी भएपछि नेता सागर ढकालले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महामन्त्री पदमा दोस्रो चरणका लागि उम्मेदवारी दिने निर्णय लिएको जानकारी गराएका हुन् ।

केन्द्रीय सदस्यको चुनावी प्रतिस्पर्धामा शीर्ष चारभित्र परेर विजयी भएका ढकालले मतपत्रमा नाम खोज्न निकै गाह्रो भए पनि आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण पार्टी प्रतिनिधिप्रति आभार प्रकट गरेका छन् । उनले यो जितलाई मतदाताकै जितको रूपमा व्याख्या गरेका छन् ।

“अबका दिनमा पार्टीभित्र सल्लाहकारको भूमिकामा मात्र सीमित नभई, एउटा कुशल चालक बनेर देश र सङ्गठनलाई सही दिशामा डोर्‍याउनु पर्नेछ,” ढकालले फेसबुकमा लेखेका छन् ।

आफ्नो स्टाटसमा समय व्यवस्थापनको मुद्दालाई जोड दिँदै उनले अबका दिनमा समयको कडा पालना गर्नु र गराउनु पर्ने आवश्यकता औंल्याएका छन् । जारी अधिवेशनबाट सबैले समय पालनाको महत्त्व बुझिसकेको महसुस आफूले गरेको भन्दै उनले थपेका छन्, “त्यसैले, अब दोस्रो चरणमा मैले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । सदाझैँ यहाँहरूको माया, साथ र सद्भावको अपेक्षा गर्दछु ।”

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ६ : ५२ बजे

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत