सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल « Khabarhub

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

देवानगञ्ज घटनामा स्वास्थ्यमन्त्रीद्वारा दुःख व्यक्त


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेकी छन्।

सोमबार एक वक्तव्य जारी गर्दै मन्त्री मेहताले घटनामा ज्यान गुमाएका देवानगञ्जका ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन्। यस्तै, झडपमा परी घाइते भएका सर्वसाधारण तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिएकी छन्।

घटनाबारे जानकारी पाउनासाथ आफूले सम्बन्धित सुरक्षा निकाय तथा जिल्ला प्रशासनसँग निरन्तर सम्पर्क गरी स्थिति नियन्त्रणमा लिन र घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको उनले बताएकी छन्।

अहिलेको संवेदनशील परिस्थितिमा कुनै पनि अपुष्ट सूचना र अफवाहको पछाडि नलाग्न आग्रह गर्दै मन्त्री मेहताले सामाजिक सद्भाव तथा आपसी भाइचारामा आँच आउने गतिविधिबाट टाढा रहन नागरिकहरूसँग अपिल गरेकी छन्।

घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गर्दै उनले यो कठिन घडीमा सबै पक्षलाई धैर्य, संयमता र जिम्मेवारीका साथ प्रस्तुत भई शान्ति-सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेकी छन्।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १० : ३१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया