देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी « Khabarhub

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बन्दै जाँदा दुवै सुरक्षा निकायका प्रमुख जिल्लामा अनुपस्थित रहेको खुलेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी केशवकुमार थेबे चार दिनदेखि बिदामा रहेको खुलेको छ । उनी बुवा बिरामी भएपछि उपचार गराउन बिदा लिएर जिल्लाबाहिर गएका थिए । 

उता नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी विनोद घिमिरे पनि बिदामा रहेका पाइएको छ । 

अर्कोतिर सशस्त्र प्रहरीका एसपीलाई गृहमन्त्री सुधन गुरूङकै निर्देशनमा असार अन्तिम साता हलचोकले हेडक्वाटर तानिएको थियो । गृहमन्त्री सुधन गुरुङ गत असार अन्तिम साता पूर्वी नेपाल पुगेका थिए ।

त्यसबेला तस्करी नियन्त्रणमा असफल भएको भन्दै उनले हलचोकलाई निर्देशन दिएर झपा र सुनसरीका सशस्त्रका एसपीलाई हेडक्वाटर तान्न निर्देशन दिए। बेनामे उजुरीका आधारमा उनलाई हेडक्वाटर तानिएको थियो ।

गत असार ३० मा सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण इनरूवाका एसपी श्याम कार्कीलाई हेडक्वार तानिएपछि निमित्तको भरमा चलेको थियो । 

तर उनको ठाउँमा सुधनले आजसम्म अर्को एसपी पठाएका थिएनन् । छानबिनका नाममा सुरक्षाका हिसाबले सबैभन्दा संवेदनशील सुनसरीमा कमान्डर नै झण्डै एक महिनादेखि खाली राखियो ।

गत असार ३० मा सुधनले झापाबाट अम्बिका प्रसादलाई जोशी तानिएको थियो ।  तर ती दुवै ठाउँमा नयाँ सरूवा हुनुपर्ने थियो । 

तानेपछि अर्को मान्छे पठाउनु पर्ने हुन्छ। यदि कारबाही नगर्ने हो भने तानिएकालाई त्यही पठाउनु पर्थ्यो। तर त्यो कदम सही समयमा हुन सकेन ।

त्यसबेला सशस्त्र प्रहरी बलका २ डीएसपीसहित ८ जना सुरक्षाकर्मीलाई तस्करीमा संलग्नताको आरोपमा छानबिनका लागि हेडक्वाटर हल्चोक तानिएको थियो ।

बयानका क्रममा तल्लो तहका सुरक्षाकर्मीले तस्करीका लागि रकम उठाएर उपल्ला अधिकारीहरूलाई बुझाउने गरेको खुलाएपछि उनीहरूलाई तानिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ४ : १६ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन