देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी « Khabarhub

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बन्दै जाँदा दुवै सुरक्षा निकायका प्रमुख जिल्लामा अनुपस्थित रहेको खुलेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी केशवकुमार थेबे चार दिनदेखि बिदामा रहेको खुलेको छ । उनी बुवा बिरामी भएपछि उपचार गराउन बिदा लिएर जिल्लाबाहिर गएका थिए । 

उता नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी विनोद घिमिरे पनि बिदामा रहेका पाइएको छ । 

अर्कोतिर सशस्त्र प्रहरीका एसपीलाई गृहमन्त्री सुधन गुरूङकै निर्देशनमा असार अन्तिम साता हलचोकले हेडक्वाटर तानिएको थियो । गृहमन्त्री सुधन गुरुङ गत असार अन्तिम साता पूर्वी नेपाल पुगेका थिए ।

त्यसबेला तस्करी नियन्त्रणमा असफल भएको भन्दै उनले हलचोकलाई निर्देशन दिएर झपा र सुनसरीका सशस्त्रका एसपीलाई हेडक्वाटर तान्न निर्देशन दिए। बेनामे उजुरीका आधारमा उनलाई हेडक्वाटर तानिएको थियो ।

गत असार ३० मा सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण इनरूवाका एसपी श्याम कार्कीलाई हेडक्वार तानिएपछि निमित्तको भरमा चलेको थियो । 

तर उनको ठाउँमा सुधनले आजसम्म अर्को एसपी पठाएका थिएनन् । छानबिनका नाममा सुरक्षाका हिसाबले सबैभन्दा संवेदनशील सुनसरीमा कमान्डर नै झण्डै एक महिनादेखि खाली राखियो ।

गत असार ३० मा सुधनले झापाबाट अम्बिका प्रसादलाई जोशी तानिएको थियो ।  तर ती दुवै ठाउँमा नयाँ सरूवा हुनुपर्ने थियो । 

तानेपछि अर्को मान्छे पठाउनु पर्ने हुन्छ। यदि कारबाही नगर्ने हो भने तानिएकालाई त्यही पठाउनु पर्थ्यो। तर त्यो कदम सही समयमा हुन सकेन ।

त्यसबेला सशस्त्र प्रहरी बलका २ डीएसपीसहित ८ जना सुरक्षाकर्मीलाई तस्करीमा संलग्नताको आरोपमा छानबिनका लागि हेडक्वाटर हल्चोक तानिएको थियो ।

बयानका क्रममा तल्लो तहका सुरक्षाकर्मीले तस्करीका लागि रकम उठाएर उपल्ला अधिकारीहरूलाई बुझाउने गरेको खुलाएपछि उनीहरूलाई तानिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ४ : १६ बजे

एभ्री बाउन्ड्री काउन्ट्स : एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

काठमाडौं– इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

काराकास– भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका