अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, भोटेकोसी बाढीले दर्जन पुल बगे, उत्तिकै विद्युत् आयोजना बन्द, भातबाट आइपुग्यो ३७.५ टन राहत र बढी भाडा नलिएको बुद्धको स्पष्टीकरण « Khabarhub

अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, भोटेकोसी बाढीले दर्जन पुल बगे, उत्तिकै विद्युत् आयोजना बन्द, भातबाट आइपुग्यो ३७.५ टन राहत र बढी भाडा नलिएको बुद्धको स्पष्टीकरण


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

भोटेकोसी विनाशकारी बाढी : पूर्वाधार क्षेत्रमा ठूलो क्षति, दर्जन पुल बगे, उत्तिकै संख्यामा विद्युत् आयोजना बन्द

बुधबार बिहान चीनको तिब्बतमा गएको हिमपहिरो र हिमनदी पतनका कारण भोटेकोसी नदीमा आएको विनाशकारी आकस्मिक बाढीले उत्तरी सीमा क्षेत्र र तल्लो तटीय करिडोरको भौतिक पूर्वाधार क्षतविक्षत पारेको छ।

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार प्रारम्भिक अनुमानमा यस भीषण बाढीले नेपालको पूर्वाधार क्षेत्रमा मात्रै २ खर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको छ ।

बाढीले मुख्य व्यापारिक नाका जोड्ने सडक, महत्वपूर्ण पुलहरू, भन्सार संरचना र जलविद्युत् आयोजनाहरूमा अभूतपूर्व विनाश निम्त्याएको छ।

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

प्राकृतिक विपत्तिप्रति नेपाल बैंकर्स संघको दुःख व्यक्त

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको भन्दै सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति बुद्ध एयरले ध्यानाकर्षण भएको जनाएको छ।

बुद्धले भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको आवागमन सहज बनाउन थप उडान सञ्चालन गरिएको जनाएको हो।

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ७ : २५ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन