अर्थ समाचार : बाढी पहिरोले विद्युत् पूर्वाधारमा ठूलो क्षति, तटबन्ध बनाउन बागमती सरकारको दुई करोड र बाँकेमा हुरीले धानबालीमा क्षति « Khabarhub

अर्थ समाचार : बाढी पहिरोले विद्युत् पूर्वाधारमा ठूलो क्षति, तटबन्ध बनाउन बागमती सरकारको दुई करोड र बाँकेमा हुरीले धानबालीमा क्षति


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल दुई करोड निकासा गर्ने बताएका छन् ।

बाढीको जोखिम भएका स्थानको निरीक्षणपछि तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बताएका हुन् ।

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

बाँकेमा हुरीले धानबालीमा क्षति

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा ठूलो क्षति भएको छ । बाढी पहिरोका कारण विद्युत् उत्पादन र प्रसारण लाइनमा ठूलो क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रमा बाढी, लाइन फाल्ट तथा उपकरण-लाइनको ओभरलोडका कारण ठूलो परिमाणमा विद्युत् आपूर्ति प्रभावित भएको छ ।

वर्षा तथा बाढीको कारण पोखरा क्षेत्रमा सबैभन्दा बढी प्रभाव परेको छ । कुस्मा–न्यू बुटवल २२० केभी लाइनमा फाल्टका कारण करिब २०० मेगावाट उत्पादन प्रभावित भएको छ ।

रौघाङ लाइन १ र २ मा करिब १५५ मेगावाट उत्पादन प्रभावित भएको जनाइएको छ । त्यस्तै, कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी, मोदी लगायतका आयोजनाहरूमा बाढीका कारण उत्पादन-आपूर्ति अवरुद्ध भएको छ ।

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ६ : ५८ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका