प्रादेशिक अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन « Khabarhub

प्रादेशिक अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यहाँको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालको संयोजकत्वमा समिति गठन गरिएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शव साटिएपछि उत्पन्न विवाद र स्थानीयको आन्दोलनका कारण उत्पन्न तनावलाई मध्यनजर गर्दै घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धानका लागि समिति गठन गरिएको बताए।

उनले भने, ‘इलाका प्रशासन कार्यालय लहानका प्रमुखको संयोजकत्वमा मृतकका काका, अस्पतालका विशेषज्ञ चिकित्सक, सम्बन्धित वडाका अध्यक्ष र प्रहरी निरीक्षक सहभागी रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिनका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रन्जित झालाई केही समयका लागि बिदामा बस्न र शवगृहका कर्मचारीलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइसकेका छौँ।’

गत शनिबार आत्महत्या गरेको भनिएकी गोलबजार नगरपालिका–३ की १६ वर्षीया निशा बानियाँको शव परीक्षणका लागि अस्पतालमा राखिएको थियो।

सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरी राधिकाकुमारी साहको शव पनि परीक्षणका लागि अस्पतालमा राखिएको अवस्थामा अस्पतालले झुक्किएर निशाको शव राधिकाको परिवारलाई बुझाएको थियो। परिवारले आइतबार नै शवको अन्त्येष्टि गरिसकेका छन्।

सोमबार निशाका बुबा पूर्णबहादुर बानियाँ शव लिन पुग्दा मात्रै शव साटिएको रहस्य खुलेको हो। रासस

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ९ : ०० बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने