मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ « Khabarhub

मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा भारतको राजधानी सहर नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र मन्त्री मनीष सिसोदियालाई दिल्लीस्थित राउज एभेन्यू कोर्टले सफाइ दिने निर्णय गरेको छ।

केजरीवाल यसअघि उक्त प्रकरणमा जेलमा बसेर जमानतमा रिहा भएका थिए। उनी १३ जुलाई २०२४ मा जेलबाट रिहा भएका थिए। त्यही दिन भारतको सर्वोच्च अदालतले सीबीआईसँग सम्बन्धित मुद्दामा पनि उनलाई जमानत दिएको थियो।

मदिरा घोटाला प्रकरणमा केजरीवालविरुद्ध प्रवर्तन निर्देशनालय (ईडी) र केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआईI) दुवैले मुद्दा दर्ता गरेका थिए। ईडीले उनलाई २१ मार्च २०२४ मा पक्राउ गरेको थियो।

त्यसपछि २६ जुनमा सीबीआईले जेलबाटै उनलाई हिरासतमा लिएको थियो। ईडीसम्बन्धी मुद्दामा भने उनलाई १२ जुलाईमा सर्वोच्च अदालतबाट जमानत प्राप्त भएको थियो।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ११ : १६ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको