चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य हुँदैन : अध्यक्ष ओली « Khabarhub

चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य हुँदैन : अध्यक्ष ओली


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पारेका छन् । 

शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा ओलीले चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पारेका हुन् । 

उनले प्रचार–प्रसार र निर्वाचनका क्रममा कुनै अनुचित क्रियाकलाप भए त्यसलाई रोक्नुपर्ने बताए । 

ओलीले असंवैधानिक तरिकाले नभई लोकतान्त्रिक र संवैधानिक बाटोबाट देशको समस्याको समाधान होस् भन्ने एमालेले चाहेको धारणा राखे ।

उनले मुलुकमा भइरहेको संसद् भंग गरेर आगो लगाउने र अलोकतान्त्रिक बाटो हिँड्न खोज्नेहरूको सरकार बनाउनका लागि निर्वाचन गराउन खोजिएको आशङ्का व्यक्त गरे । 

जे–जस्तो अवस्थामा भए पनि निर्वाचन हुन लागेकाले स्वतन्त्र, निष्पक्ष र धाँधली रहित, शान्तिपूर्ण वातावरण निर्वाचन सम्पन्न हुनुपर्ने उनको भनाइ छ ।

उनले राज्य संयन्त्रले निष्पक्ष र तटस्थ रहेर शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : १० बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष