‘गठबन्धनको राजनीतिले खराब परिणाम दियो : हामीले दूषित राजनीतिलाई सफा गर्छौँ’ « Khabarhub

‘गठबन्धनको राजनीतिले खराब परिणाम दियो : हामीले दूषित राजनीतिलाई सफा गर्छौँ’


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनका कारण नेपालको राजनीति दूषित बनेकाले सुधारका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले उक्त अबको ५ वर्ष कांग्रेस राजनीति सफा गर्न प्रतिज्ञासहित आएको बताएका हुन् । 

‘गठबन्धनको राजनीतिले नेपालको सिंगो राजनीतिलाई फोहर बनायो दूषित बनायो । त्यो खराब नियत राखेर सुरु गरिएको थिएन तर यसले परिणाममा हामीलाई खराब ठाउँमा पुर्‍यायो । त्यसैले नेपाली कांगेस पार्टी नयाँ संकल्पका साथ आएको छ । हाम्रो राजनीति फोहर भएको छ । त्यो फोहर भएको राजनीतिलाई हामी सफा गर्छौं,’ दाबीसहित उनले भने । 

कांग्रेसलाई सरकारमा पुर्‍याउन आग्रह गर्दै उनले आफूहरूलाई विजयी बनाएमा हरेक महिना जनतासँग छलफल गर्दै सरकारको कामकारबाही अघि बढाउने बताए । 

‘यो पाँच वर्षको समय एउटा प्रतिज्ञा गरेर आएका छौँ । फाल्गुनमा चुनावमा छ । फाल्गुनको मसान्तसम्म परिणाम आउँछ । चैतमा नयाँ सरकार बन्छ । वैशाखको १ गते कांग्रेसको नेतृत्वको सरकारले देशवासीको नाममा उभिएर आफ्नो संकल्प राख्छ,’ । उनले थपे, ‘वैशाखको एक महिना भित्र आफूले गर्ने कामको फेहरिस्त तयार गर्छ र जेठ १ गते फेरी आउँछ र तीस दिनको हिसाबकिताब जनतालाई बताउँछ । प्रश्न लिन्छ, आलोचना सुन्छ, सहन्छ, सच्याउँछ फेरि अर्को एक महिनाको लक्ष्य निर्धारण गर्छ । हामीलाई विकासको यो गति चाहिएको छ । हामी गर्छौँ,’ । 

थापाको अनुसार प्रधानमन्त्री बन्दैमा कसैले चमत्कार नगर्ने हुँदा कसैलाई राक्षसीकरण र देवत्वकरण गर्न नहुने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : २२ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष