पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै « Khabarhub

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई एकसाथ अघि बढाइरहेको छ । यसले क्षेत्रीय मात्र नभई विश्वव्यापी चासो पनि बढाएको छ । पछिल्ला घटनाक्रमहरूले युद्ध विस्तारको जोखिम अझै कायम रहेको सङ्केत दिएका छन् भने समाधान खोज्ने प्रयास पनि समानान्तर रूपमा चलिरहेका छन् ।

शुक्रबार बिहान साउदी अरेबियाले आफ्नो पूर्वी क्षेत्रमा चारवटा ड्रोन अवरोध गरी नष्ट गरेको जनाएको छ । यसले खाडी क्षेत्रमा सुरक्षा चुनौती अझै गम्भीर रहेको देखाएको छ । उता, इरानको रिभोलुसनरी गाड्र्सले अघिल्लो दिन इजरायली लक्ष्य र खाडी क्षेत्रमा अमेरिकी सैन्य पूर्वाधारमाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

बहराइनस्थित अमेरिकी वायु रक्षा प्रणालीका लागि प्रयोग हुने प्याट्रियट मर्मत केन्द्रलाई समेत निशाना बनाइएको बताइएको छ । यसैबीच, इजरायली सेनाले तेहरानको केन्द्रभागमा इरानी संरचनामाथि व्यापक आक्रमण गरेको जनाएको छ ।

साथै, लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा पनि विस्फोटका घटना सुनिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्, जहाँ हिज्बुल्लाहको प्रभाव बलियो मानिन्छ । एएफपीका संवाददाताहरूले समेत ती विस्फोट पुष्टि गरेका छन् ।

लेबनान मोर्चामा लडाइँ तीव्र बन्दै जाँदा इजरायली सेनाले थप सैनिक आवश्यक परेको उल्लेख गरेको छ । दक्षिण लेबनानमा हालसम्म चार इजरायली सैनिकको मृत्यु भइसकेको पुष्टि गरिएको छ । इजरायलभित्रै पनि सरकारको रणनीतिमाथि प्रश्न उठ्न थालेको छ । विपक्षी नेता यायर लापिडले बहु–मोर्चाको युद्धमा पर्याप्त तयारी बिना सेना परिचालन गरिएको भन्दै सरकारको आलोचना गरेका छन् । अर्कोतर्फ, कूटनीतिक पहल पनि जारी छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो जी-७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन फ्रान्स आइपुगेका छन् । उनले इरानलाई स्ट्रेट अफ होर्मुज पुनः खोल्न दबाब दिनु सबै जी-७ राष्ट्रहरूको साझा चासो भएको बताएका छन् । अन्य जी-७ सदस्यहरूले द्वन्द्वको कूटनीतिक समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँग वार्ता सकारात्मक रूपमा अघि बढिरहेको दाबी गर्दै सम्भावित आक्रमणलाई अस्थायी रूपमा स्थगित गरेका छन् । उनले इरानी ऊर्जा संयन्त्रहरूमा आक्रमण नगर्ने निर्णयलाई १० दिन पछाडि सारिएको जानकारी दिए । अस्ट्रेलियाले पनि आफ्नो भूमिका स्पष्ट पार्दै इरानसँगको युद्धमा आफूलाई औपचारिक रूपमा संलग्न नगरिएको जनाएको छ ।

यद्यपि, उसले खाडी क्षेत्रका सहयोगी देशहरूसँग समन्वय गर्दै संयुक्त अरब इमिरेट्सको सुरक्षाका लागि निगरानी सहयोग उपलब्ध गराएको बताएको छ । यस बढ्दो सङ्कटबीच विश्व बैंकले मध्यपूर्व द्वन्द्वका कारण प्रभावित अर्थतन्त्रहरूलाई तत्काल वित्तीय सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ । रोजगार र आर्थिक पुनरुत्थानलाई लक्षित गर्दै नीतिगत तथा निजी क्षेत्रको सहकार्यमा व्यापक सहायता कार्यक्रम ल्याउने तयारी गरिएको बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ७ : २० बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक