अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने « Khabarhub

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि लागू गरेको सामाजिक सञ्जाल प्रतिबन्धको उल्लङ्घन गर्नेलाई रोक्न प्लेटफर्महरूलाई पहिलेको भन्दा दोब्बर बढी आर्थिक जरिवाना लगाउने घोषणा गरेको छ । सरकारले शनिबार यो जानकारी दिएको हो।

नयाँ कानुनले प्रणालीगत उल्लङ्घनमा अधिकतम जरिवाना अस्ट्रेलियन डलर ९९ मिलियन (६८ मिलियन अमेरिकी डलर) पुर्‍याउने छ र अनलाइन नियामक निकाय इ–सेफ्टीलाई प्लेटफर्महरूलाई नियमन गर्न थप सशक्त बनाउनेछ । सरकारले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र नियामकले फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक र युट्युबको सम्भावित गैर–अनुपालनको ‘सक्रिय अनुसन्धान’ गरिरहेको जनाएको छ।

यसैसम्बन्धमा प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, “ठूला प्रविधि कम्पनीहरूले कानुन पालना गर्न पर्याप्त प्रयास नगरेको स्पष्ट छ । अझै पनि धेरै बच्चाहरू सामाजिक सञ्जालमा सक्रिय छन् ।”

“यी परिवर्तनहरूले सामाजिक सञ्जाल कम्पनीहरूको कुनै पनि असफलतालाई हामीले कति गम्भीर रूपमा लिएका छौँ भन्ने देखाउँछ,” उनले भने । किशोरहरूले प्रतिबन्ध छल्न अन्य व्यक्तिका पुराना अकाएनटलाई सक्रिय बनाई प्रयोग गर्ने, नक्कली खाता खोल्ने वा प्राइभेट ब्राउजरबाट लगिन गर्ने गरेका अधिकारीले बताएका छन् ।

अष्ट्रेलियाको यो प्रतिबन्धको सफलताप्रति बेलायत, इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स र न्यूजिल्यान्ड जस्ता देशहरूले पनि गहिरो चासो राखिरहेका छन् जसले यस्तै प्रतिबन्ध लागू गरेका वा लागू गर्ने विचार गरिरहेका छन् ।

यो महिना बेलायतको एक मेडिकल जर्नलमा प्रकाशित अष्ट्रेलियाली प्रतिबन्धको पहिलो स्वतन्त्र मूल्याङ्कनले किशोरहरूको सामाजिक सञ्जाल प्रयोगमा ‘अपर्याप्त प्रमाण रहेको निष्कर्ष निकालेको छ। अनुसन्धानकर्ताहरूले प्रतिबन्ध लागू हुनुअघि ४०० भन्दा बढी युवालाई सर्वेक्षण गरिएको थियो र तीन महिनापछि फेरि सर्वेक्षण गर्दा ‘नियमको व्यापक उल्लङ्घन’ भएको पाइएको थियो ।

प्रतिबन्धपछि १२–१३ वर्ष समूहका प्रयोगकर्तामा प्रयोगमा खासै परिवर्तन देखिएन, १४–१५ वर्षका समूहमा सामान्य कमी आयो भने १६ वर्ष र माथिका प्रयोगकर्तामा प्रयोग बढेको थियो।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ७ : २३ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त