केरामा आत्मनिर्भर बन्दै नेपाल « Khabarhub

केरामा आत्मनिर्भर बन्दै नेपाल


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा आत्मनिर्भर उन्मुख बनेको छ । केरा खेतीमा लाग्ने घातक पानामा टिआर–४ रोगको जोखिमप्रति सरकारले अपनाएको सजकता र उत्पादन बढाउने किसानको प्रयासपछि केराको परनिर्भरता कम हुँदै गएको छ । नेपालमा १५ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ ।

केराखेतीमा सात हजार ६०० बढी किसान संलग्न छन् । गतवर्ष नेपालमा सात लाख मेट्रिकटन केरा उत्पादन भएको थियो । वार्षिक नौ लाख मेट्रिकटन केरा खपत हुँदै आएको तथ्याङ्क छ । अपुग दुई लाख मेट्रिकटन केरा उत्पादन गर्ने योजनाका साथ काम भइसकेको नेपाल केरा उत्पादक महासङ्घले जनाएको छ ।

अब नेपाली उत्पादनले बाह्रै महिनाको माग धान्न सक्ने छ । व्यापारीले पनि केराखेतीमा लगानी गरेका छन् । केरा बजारमा वार्षिक १२÷१३ अर्बको कारोबार हुन्छ । नेपालका फलफूल व्यापारी स्वदेशी केराको उत्पादन बढेसँगै खुसी बनेका छन् । केरामा टिआर–४ रोग देखिऐपछि ‘बायो–सेक्युरिटी’को हिसाबले सरकारले केरा आयातमा कडाइ गरेको थियो ।

गतवर्ष तीज, दसैँ र तिहारमा नेपाली किसानले केरा प्रतिकोसा एक रुपैयाँमा पनि नबिकेर फाल्नुपरेको थियो । यसवर्ष भदौ, असोज र कात्तिकदेखि केराको उत्पादन अत्यधिक हुने अनुमान गरिएको छ । केरा आयातमा कडाइ नभएको भए नेपालमा केरा खेती नै विस्थापित हुने खतरा रहेको महासङ्घको भनाइ छ । “मूल्य नपाएर किसान केरा खेती छोडेर कोही विदेशिने अवस्था हुने थियो”, महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले भने ।

केराको आयातमा कडाइसँगै किसान पनि उत्पादन वृद्धिमा लागेको उनको भनाइ छ । “सरकारको नीतिगत सम्बोधनपछि हामी किसानले पनि केराको परनिर्भरता अन्त्य हुनुपर्छ भनेर उत्पादन यसरी बढायौँ कि अहिले आत्मनिर्भर उन्मुख छौँ, अर्को वर्ष केरा निर्यात गर्न सक्छौँ”, अध्यक्ष पन्तले भने ।

सरकारको सहयोग र किसानको मेहनतको फल अब छिट्टै आमनेपालीले चाख्न पाउने उनको भनाइ छ । महासङ्घले यसवर्ष केरामा आत्मनिर्भर र दुई वर्षमा निर्यातको लक्ष्य भेट्याउने भन्दै सरकारलाई विश्वस्त र किसानलाई उत्साहित बनाउँदै आएको थियो । “हामीले दुई वर्षमा केरामा आत्मनिर्भर हुन्छौँ भनेका थियौँ, सरकारको सहयोग र किसानको मेहिनतबाट दुई वर्ष पुग्नै परेन, अब अर्को वर्षदेखि नै निर्यात गर्न सक्छौँ”, पन्तले भने ।

तराई/मधेसका क्षेत्र मात्रै होइन, पहाडी क्षेत्रमा पनि केरा खेती विस्तार हुँदै गइरहेको महासङ्घले जनाएको छ । गतवर्ष देशभर ५० देखि ६० लाख केराका नयाँ बिरुवा रोपिएको थियो । पहाडी क्षेत्र केराले भाउ पाएपछि किसानको मुहारमा खुसी छाएको छ । मुख्य चाडपर्वमा उपभोक्ताले सस्तोमा केरा पाउँछन् महासङ्घले निजिकिँदै गरेका ठूला चाडपर्वमा उपभोक्ताले सस्तोमा स्वदेशी केरा खान पाउने दाबी गरेको छ ।

“आउँदै गरेको दशैँ, तिहार र छठमा उपभोक्तालाई सस्तोमा केरा खुवाउँछौँ, यो महासङ्घको प्रतिबद्धता हो”, अध्यक्ष पन्तले भन्नुभयो । किसानले पनि अहिले केराको मूल्य राम्रो पाएका छन् । किसानले मालभोग केराको मूल्य प्रतिदर्जन रु १०० देखि १२० र हरियो केरा (जि–नाइन) को मूल्य प्रतिदर्जन रु ५० देखि ८० सम्म पाउने अवस्था बनेको महासङ्घको भनाइ छ । यसबाट केरा किसान खुसी छन् । “अर्को वर्ष योभन्दा पनि अझ सस्तो मूल्यमा उपभोक्ताले केरा पाउनेछन्”, पन्तले भने ।

नेपाल फलफूल थोक व्यवसायी सङ्घका अध्यक्ष अमर बानियाँ स्थानीय उत्पादनले मूल्य पाउँदा किसान उत्साहित बने पनि अझै उपभोक्ताले केरा खान पाउने अवस्था बनिनसकेको बताउँछन् । अझै पनि बजारमा केरा प्रतिदर्जन रु २५० सम्म बिक्री भइरहेको जानकारी दिँदै उनले उत्पादन वृद्धिसँगै ग्रेडिङ र प्याकेजिङमा पनि किसानले ध्यान दिनुपर्ने बताए ।

“अहिले किसान उत्साहित हुने वातावरण त बनेको छ, तर मूल्य घटाएर उपभोक्तालाई पनि खुसी बनाउनुपर्‍यो”, उनले भने । गतवर्षको यही अवधिमा केराले मूल्य नपाएपछि निराश बनेका नेपाली किसान अहिले राम्रो मूल्य पाएपछि उत्साहित बनेको नेपाल केरा उत्पादक महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ३ : ४७ बजे

कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख

चितवन– सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई

लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामा : परराष्ट्रमन्त्री

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिबद्ध छौँ : महामन्त्री आचार्य

विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस

धुलाबारी खानेपानी आयोजना १३ महिनाअघि नै सम्पन्न

झापा–  झापाको मेचीनगर नगरपालिका–९ मा निर्माण भएको धुलाबारी खानेपानी आयोजना

‘एक्लै हो म’ मा राजेशनाथसँग बिना राउतको रोमान्स

काठमाडौं– अभिनेता तथा गायक राजेशनाथको स्वरमा रहेको गीत ‘एक्लै हो