बागमतीमा घटेन गाडीभाडा « Khabarhub

बागमतीमा घटेन गाडीभाडा


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा नघटाउँदा सर्वसाधारण मर्कामा परेका छन् । नेपाल आयल निगमले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

तर, बागमती प्रदेश सरकार मातहत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले भने अहिलेसम्म पनि भाडा समायोजन गरेको छैन । अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटे पनि प्रदेशभित्र चल्ने सवारीसाधन र काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छैन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गरेपनि प्रदेश सरकारले आफ्नो प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा समायोजन नगरेको गुनासो गरे । “हामीले पटक–पटक प्रदेश सरकारलाई वैज्ञानिक ढङ्गले भाडा समायोजन हुनपर्ने माग राख्दै आइरहेका छौँ”, उनले भने, “बागमती प्रदेशसहित अन्य प्रदेश सरकारले पेट्रोलियम पदार्थको मूल्य घट्दासमेत भाडा समायोजन गर्नमा चासो देखाएका छैनन् । एकातर्फ सर्वसाधारणले महँगो मूल्यमा यात्रा गर्न बाध्य भइरहेका छन् । सङ्घीय सरकारले जस्तै प्रदेशले पनि तत्कालै भाडा समायोजन गर्न जरुरी भइसकेको छ ।”

अध्यक्ष सिटौलाले कोशी प्रदेशबाहेक अन्य प्रदेशले प्रदेशस्तरीय भाडा समायोजन गर्न खासै चासो नदिने दाबी गरे । बागमती प्रदेश सरकार मातहत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ अधिकृत खगेन्द्र पौडेलले मन्त्रालयको नाम र जिम्मेवारी हेरफेर हुँदा बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गर्नका लागि केही समय लागेको बताए ।

“सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गर्ने गर्छ । तर प्रदेशको भाडा समायोजन प्रक्रिया केही लामो भएकाले पनि केही समय लागे जस्तो भएको हो । अबको केही दिनभित्रै भाडा समायोजन गर्ने गरी काम गरिरहेका छौँ”, उनले भने, “बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा छिट्टै टुङ्गोमा पुर्‍याउनेछौँ ।”

यद्यपि यातायात व्यवस्था विभागले भने अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा समायोजन भने गत असार १८ गते गरेको थियो । त्यो बेला विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर दुई प्रतिशतले घटाएको थियो ।

विभागले पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रति लिटर रु २३५.८३ पैसा रहेको थियो भने गत असार १७ गतेदेखि भने रु १९३.८३ पैसा कायम भएकाले स्वचालित प्रणाली अनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ३ : ५० बजे

कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख

चितवन– सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई

लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामा : परराष्ट्रमन्त्री

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिबद्ध छौँ : महामन्त्री आचार्य

विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस

धुलाबारी खानेपानी आयोजना १३ महिनाअघि नै सम्पन्न

झापा–  झापाको मेचीनगर नगरपालिका–९ मा निर्माण भएको धुलाबारी खानेपानी आयोजना

‘एक्लै हो म’ मा राजेशनाथसँग बिना राउतको रोमान्स

काठमाडौं– अभिनेता तथा गायक राजेशनाथको स्वरमा रहेको गीत ‘एक्लै हो