पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो « Khabarhub

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण पछिल्लो एक महिनामा कम्तीमा १०९ जनाको मृत्यु भएको छ । मौसमविद्ले यसै साता देशका विभिन्न क्षेत्रमा पुनः भारी वर्षा हुने चेतावनी दिएसँगै सरकारले सम्भावित विपद्को तयारीलाई थप तीव्र बनाएको छ ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुन २६ यता देशभर मनसुनसँग सम्बन्धित घटनामा १०९ जनाले ज्यान गुमाइसकेका छन् । अधिकांशको मृत्यु घर तथा छाना भत्किँदा भएको हो । मृतकमध्ये झण्डै आधा अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तका रहेका छन् । विपद् व्यवस्थापन प्राधिकरणले बाढीको जोखिम उच्च रहेका क्षेत्रको तयारीबारे समीक्षा गरेको भोलिपल्ट यो अद्यावधिक विवरण सार्वजनिक गरेको हो ।

अधिकारीहरूले नदी किनारमा बसोबास गर्ने समुदायलाई समयमै पूर्वसूचना उपलब्ध गराई बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक परे बाढी आउनुअघि नै स्थानान्तरण गर्ने योजनामाथि छलफल गरेका छन् । गत साता पाकिस्तानको सांस्कृतिक राजधानी लाहोरसहित विभिन्न क्षेत्रमा परेको अविरल वर्षापछि धेरै बस्ती जलमग्न भएका थिए ।

सडकहरू डुबानमा परेपछि सर्वसाधारणले लामो दूरी घुमेर यात्रा गर्नुपरेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा मानिसहरू घुँडासम्मको पानी छिचोल्दै आवतजावत गरिरहेको देखिएपछि विपद् व्यवस्थापनमा सरकारको तयारी र प्रतिक्रिया प्रभावकारी नभएको भन्दै आलोचना भएको छ ।

अधिकारीहरूले पछिल्ला महिनाहरूमा सन् २०२२ जस्तै विनाशकारी बाढी पुनः दोहोरिन सक्ने जोखिमलाई नकार्न नसकिने चेतावनी दिँदै आएका छन् । सन् २०२२ को भीषण बाढीले पाकिस्तानको करिब एक तिहाइ भूभाग डुबानमा परेको थियो । त्यस विपद्मा एक हजार ७३७ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस विस्थापित भएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ४ : ३७ बजे

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही