भारतमा बाढीमा ६२ जनाको मृत्यु, हजारौँ प्रभावित « Khabarhub

भारतमा बाढीमा ६२ जनाको मृत्यु, हजारौँ प्रभावित


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लखनऊ– भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।

राज्य सरकारले सोमबार दिएको जानकारीअनुसार बाढीका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रबाट उद्धार टोलीले सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिरहेको छ।

भारी वर्षाका कारण राजधानी लखनऊसहित राज्यका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएपछि केही क्षेत्रमा सोमबार विद्यालय बन्द गरिएको छ। स्थानीय प्रशासनले जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा तीव्र गतिमा बग्ने नदी, खोला र नालाबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

लखनऊस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहका अनुसार बङ्गालको खाडीमा विकसित मौसम प्रणाली कमजोर हुँदै गएकाले सोमबारदेखि वर्षाको मात्रा घट्ने अपेक्षा गरिएको छ। यद्यपि, मङ्गलबारसम्म उत्तर प्रदेशका पूर्वी र पश्चिमी क्षेत्रमा हल्का वर्षा जारी रहन सक्ने उनले बताए।

यसैबीच, भारतको पूर्वी राज्य ओडिसामा पनि बाढीको प्रभाव परेको छ। अधिकारीहरूका अनुसार बाढी प्रभावित क्षेत्रबाट ७५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १२ : २५ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत