भारतमा बाढीमा ६२ जनाको मृत्यु, हजारौँ प्रभावित « Khabarhub

भारतमा बाढीमा ६२ जनाको मृत्यु, हजारौँ प्रभावित


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लखनऊ– भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।

राज्य सरकारले सोमबार दिएको जानकारीअनुसार बाढीका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रबाट उद्धार टोलीले सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिरहेको छ।

भारी वर्षाका कारण राजधानी लखनऊसहित राज्यका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएपछि केही क्षेत्रमा सोमबार विद्यालय बन्द गरिएको छ। स्थानीय प्रशासनले जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा तीव्र गतिमा बग्ने नदी, खोला र नालाबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

लखनऊस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहका अनुसार बङ्गालको खाडीमा विकसित मौसम प्रणाली कमजोर हुँदै गएकाले सोमबारदेखि वर्षाको मात्रा घट्ने अपेक्षा गरिएको छ। यद्यपि, मङ्गलबारसम्म उत्तर प्रदेशका पूर्वी र पश्चिमी क्षेत्रमा हल्का वर्षा जारी रहन सक्ने उनले बताए।

यसैबीच, भारतको पूर्वी राज्य ओडिसामा पनि बाढीको प्रभाव परेको छ। अधिकारीहरूका अनुसार बाढी प्रभावित क्षेत्रबाट ७५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १२ : २५ बजे

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन