फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने « Khabarhub

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उनको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीसम्बन्धी अनुसन्धानमा रहेका बोल्सोनारोको राहदानी ब्राजिलको अदालतले बुझाउन आदेश दिएको छ ।

फ्लेभियो बोल्सोनारो हाल कहाँ छन भन्ने स्पष्ट भएको छैन । ब्राजिलका राष्ट्रपति लुलाले उहाँले देश छाडेको जानकारी पाए पनि कहाँ गएको भन्ने थाहा नभएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्सोनारो परिवारलाई ‘असल मानिस’ भन्दै अमेरिकामा स्वागत गर्ने बताए ।

फ्लेभियोले निर्वाचनमा भएको पराजय स्वीकार गरेका छैनन् । उनले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै परिणाम उल्ट्याउन माग गरेका छन् । लुलाले छ करोड ४० लाखभन्दा बढी मत प्राप्त गर्दा फ्लेभियोले छ करोडभन्दा कम मत पाएका थिए। निर्वाचन परिणाम उल्ट्याउन मतान्तरलाई प्रभावित पार्ने धाँधलीको प्रमाण प्रस्तुत गर्नुपर्नेछ ।

फ्लेभियोका भाइ एडुआर्डो बोल्सोनारो टेक्सासमा बस्दै आएका छन् । ट्रम्प प्रशासनसँग सम्बन्धित गैरकानुनी पैरवी गरेको अभियोगमा उनीलाई अनुपस्थितिमै चार वर्षको जेल सजाय सुनाइएको छ । फ्लेभियोले भने राहदानी बुझाएर आफूविरुद्धका कानुनी कदमको सामना गर्ने बताएका थिए ।

फ्लेभियोका पिता तथा ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो सन् २०२२ को निर्वाचनमा पराजित भएपछि विद्रोहको प्रयास गरेको अभियोगमा २७ वर्षको जेल सजाय भोगिरहेका छन् ।

फ्लेभियोमाथि सरकारी निवृत्तिभरणबाट ठगीपूर्ण कटौती गरेको र विवादास्पद बैंकरबाट लाखौँ डलर लिएको आरोपमा अनुसन्धान भइरहेको छ । उनले कुनै गलत काम नगरेको दाबी गर्दै अनुसन्धानको नेतृत्व गरिरहेका न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाए ।

ब्राजिलको सिनेटरका रूपमा फ्लेभियोको कार्यकाल सन् २०२७ जनवरी ३१ मा सकिँदैछ । त्यसपछि उहाँले सर्वोच्च अदालतमा प्राप्त विशेष क्षेत्राधिकार गुमाउनेछन्।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ४ : ५२ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी