शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै « Khabarhub

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले गत मार्चमा हरेक वर्ष २८ जनवरीमा यो दिवस मनाउने घोषणा गरेको थियो।

विश्वव्यापी रूपमा अस्थिरता र द्वन्द्व बढ्दै गएसँगै अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस विविध संस्कृति, मूल्य, जीवनशैली र विश्वासप्रतिको सचेतना बढाउन, र सहिष्णुता प्रवर्द्धनमा शिक्षाको भूमिका उजागर गर्न आज यो दिवस पहिलोपटक विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।

धार्मिक र सांस्कृतिक विविधता तथा मानवअधिकारको सम्मानका साथै विश्वका सबै देश, अन्तर्राष्ट्रिय सङ्गठन, नागरिक समाज र सञ्चारमाध्यमलाई शान्ति, समावेशिता, समझदारी र एकता प्रवर्द्धनका निम्ति यो दिवसले प्रेरित गर्ने संयुक्त राष्ट्रसङ्घको विश्वास छ ।

यो दिवस अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रसङ्घ स्थापनाका उद्देश्य र सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्ने अवसर पनि हो ।

शान्ति केवल युद्ध नहुनु मात्र होइन, यो  विविध लिङ्ग, जाति, भाषा, धर्म र संस्कृतिका बीचमा एकता एवं आत्मीयता कायम गर्दै सहअस्तित्व विकास गर्ने दिवस भएको राष्ट्रसङ्घले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ८ : ४३ बजे

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको