मध्यपूर्वमा जारी तनावका कारण त्रिभुवन विमानस्थलका अन्तर्राष्ट्रिय उडान प्रभावित हुने « Khabarhub

मध्यपूर्वमा जारी तनावका कारण त्रिभुवन विमानस्थलका अन्तर्राष्ट्रिय उडान प्रभावित हुने


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज सूचना जारी गर्दै उक्त क्षेत्रतर्फ हुने केही उडान ढिलाइ, पुनःतालिका (रिस्केड्युलिङ) वा रद्द हुन सक्ने जनाएको छ।

कार्यालयले यात्रुलाई विमानस्थलतर्फ प्रस्थान गर्नु अघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडानको अवस्थाबारे अनिवार्य रूपमा पुष्टि गर्न आग्रह गरेको छ।

सूचनामा एयर अरेबिया, फ्लाइ दुबई, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, कतार एयरवेज, टर्किस एयरलाइन्स, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सका सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ७ : ०७ बजे

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए

दमौली– बन्दीपुर अस्पतालले तीन सय ६५ दिन नै सेवा प्रदान