भारतमा पटाका कारखानामा विष्फोट, २१ जनाको मृत्यु « Khabarhub

भारतमा पटाका कारखानामा विष्फोट, २१ जनाको मृत्यु


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतमा शनिबार एक पटाका कारखानामा विस्फोट हुँदा कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आन्ध्र प्रदेशको काकिनाडामा भएको उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।

भारतीय सञ्चार संस्था, प्रेस ट्रस्ट अफ इन्डिया (पिटआई) ले राज्यमन्त्री कण्डुला दुर्गेशलाई उद्धृत गर्दै उक्त घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको पुष्टि गरेको छ । थप आठ जनाको अस्पतालमा उपचार भइरहेको दुर्गेशले बताए ।

राज्यका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले घटनाको अनुसन्धान सुरु गर्न निर्देशन दिएका छन् । विशेष गरी दिवालीको हिन्दू चाड र विवाह उत्सवको समयमा भारतमा पटाका पड्काएर गरिने उत्सव धेरै लोकप्रिय मानिन्छ ।

भारतमा पटाका कारखानामा पटक पटक विस्फोटका घटना हुने गर्छन् तर मानवीय हताहतीका घटनाले पटाकाको उत्पादन र प्रयोगको अभ्यासप्र्रति प्रश्नचिन्ह खडा गरेको छ । गत वर्ष भारतको पश्चिम क्षेत्रमा भएको पटाका कारखानामा विस्फोट हुँदा २१ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १० : ११ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको