लाप्राक नमूना बस्ती (तस्बिर) « Khabarhub

लाप्राक नमूना बस्ती (तस्बिर)


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोरखा– २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी महाभूकम्पले गोरखाको लाप्राकस्थित ऐतिहासिक गुरुङ बस्ती पूर्ण रूपमा ध्वस्त बनायो ।

त्यसपछिको पुनर्निर्माण अभियान अन्तर्गत गैरआवासीय नेपाली संघ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयबीच भएको त्रिपक्षीय सम्झौताअनुसार धार्चे गाउँपालिका–४ गुप्सीपाखामा लाप्राकवासीका लागि एकीकृत नमूना बस्ती निर्माण गरिएको थियो।

करिब ३२६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बस्तीमा ६०४ घरधुरीका लागि आवास निर्माण गरिएको छ । जसमा अधिकांश घर गैरआवासीय नेपाली संघमार्फत निर्माण गरिएका हुन् भने बाँकी नेपाल सरकारको भूकम्प राहत कार्यक्रमबाट बनेका छन् ।

टाढाबाट हेर्दा पंक्तिवद्ध घरहरू, वरिपरि हरियाली र वसन्त याममा डाँडाकाँडामा फुलेका राताम्य लालीगुराँसले बस्तीलाई अत्यन्त सुन्दर र आकर्षक बनाउने गर्दछ । उज्यालो घाममा टल्किने छाना र फूलले सजिएका पहाडले जो–कोहीलाई लोभ्याउने गरेको छ ।

सडक सञ्जालको पहुँचले गर्दा गोरखा जिल्लाकै दुर्गम लाप्राक गाउँमा अहिले सजिलै सँग पुग्न सकिन्छ । बारपाकदेखि लाप्राक सम्मको सडक स्तरोन्नति भएसँगै नमुना बस्ती हेर्न दैनिक जसो आन्तरिक पर्यटक पुग्ने गर्दछन् ।

तर, बाह्य सौन्दर्यभित्र लुकेको यथार्थ भने फरक छ । अव्यवस्थित निर्माण, कमसल सामग्रीको प्रयोग र परिवारको आकारअनुसार घर सानो भएकाले धेरै स्थानीयवासीको रोजाइमा यी घरहरू पर्न सकेका छैनन्। कतिपय घरमा प्लास्टिकका झ्याल–ढोका प्रयोग गरिएको छ भने कतिपय संरचना पूर्ण रूपमा सम्पन्न नभएको देखिन्छ।

६०४ घरमध्ये हाल करिब ६० परिवार मात्रै त्यहाँ बसोबास गर्दै आएका छन् । बसोबास गरिरहेका परिवारहरूले पनि घरलाई बस्न योग्य बनाउन थप मर्मत गर्नुपरेको छ । काठका झ्याल–ढोका जडान गर्ने, भित्री संरचना सुधार गर्ने, ढुङ्गा छाप्ने जस्ता कामका लागि अतिरिक्त खर्च गर्नुपरेको अवस्था छ।

सुन्दर र आकर्षक नमुना बस्तीमा स्थानीय बस्न रुचाउँदैनन् भने अर्को तर्फ, पुरानो बस्ती पहिरोको जोखिममा भए पनि अधिकांशको खेतीपाती र जीविकोपार्जनको आधार त्यही भएकाले पुरानो बस्तीमा स्थानीय चहलपहल बाक्लो देखिन्छ ।

यसले देखाउँछ कि केवल भौतिक संरचना निर्माण मात्र पर्याप्त हुँदैन, स्थानीय जीवनशैली, आवश्यकता र रोजगारीसँग जोडिएको दिगो योजना आवश्यक हुन्छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १० : ०३ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति