आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने तयारीका कामपा « Khabarhub

आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने तयारीका कामपा


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिने छात्रावास बन्द गर्ने भएको छ । छात्रावासको मापदण्ड, गुणस्तरीयता, सुरक्षा, स्वच्छता र सामाजिक पक्षमा सूचक बलियो बनाउनका लागि पाँच अनुगमन टोली बनाएर काम थालिसकेको कामपाले जानकारी दिएको छ ।  

अनुगमनका क्रममा सञ्चालनका लागि आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिने छात्रावासलाई बन्द गर्ने लक्ष्य रहेको कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । हाल कामपामाका छात्रावासमा करिब ४० हजार व्यक्तिले सेवा लिइरहेको बताइएको छ ।  

प्रमुख ढकालका अनुसार यति धेरै व्यक्तिहरूले सेवा लिइरहेको स्थानमा मापदण्डको पालना, गुणस्तरीयताको अवस्था, सेवा र सुरक्षासम्बन्धी व्यवस्था जाँच गरेर स्तरीयलाई दर्ता तथा सञ्चालन प्रक्रियामा ल्याउने, सुधार गर्न सकिनेलाई सुधारको मौका दिने अनुगमन थालिएको हो ।  

कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भनिन्, ‘एक ठाउँमा पटक–पटक अनुगमनमा जानु नपरोस् । कुन कुन क्षेत्रका कुन कुन सूचक हेर्नु पर्ने हो । पूर्ण टोली बनाएर अनुगमन गर्नू । अवस्थाको निष्कर्ष निकालेर फर्किनू ।’

पाँच अनुगमन टोलीमध्ये शिक्षा अधिकृत नेत्रनारायण पौडेल संयोजक र शिक्षा अधिकृत रुक्मिला इटनी सदस्यसचिव रहेको टोलीले कामपाको वडा नं १, ३, ४, ६, १६, १८ र ३० गरी सात वटा वडामा रहेका छात्रावास अनुगमन गर्नेछ । 

यस्तै, शिक्षा अधिकृत ओमप्रकाश गौतम संयोजक र शिक्षा अधिकृत धनकुमारी भण्डारी सदस्यसचिव रहेको टोलीले वडा नं ९ र ३१, शिक्षा अधिकृत इन्द्रप्रसाद दाहाल संयोजक र शिक्षा अधिकृत रामचन्द्र खड्का सदस्य सचिव रहेको टोलीले वडा नं १० भित्र सञ्चालनमा रहेका छात्रावास अनुगमन गर्ने प्रमुख ढकालले जानकारी दिए ।  

त्यस्तै, शिक्षा अधिकृत केशव ज्ञवाली संयोजक र शिक्षा अधिकृत विनिता महत सदस्यसचिव रहेको टोलीले वडा नंं २९, वरिष्ठ शाखा अधिकृत सुशील सुवेदी संयोजक र शिक्षा अधिकृत लक्ष्मी पौडेल सदस्यसचिव रहेको टोलीले वडा नं २८ र ३२ भित्रका छात्रावासको अनुगमन गर्नेछ । 

शिक्षा अधिकारी नमराज ढकालले भने, ‘काठमाडौँ कामपाले जारी गरेको छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० बमोजिम होस्टेल सञ्चालकलाई मापदण्ड कार्यान्वयनमा प्रोत्साहन गर्ने, छात्रछात्रालाई मापदण्ड बमोजिमको सुविधा उपलब्ध गराउने, सुरक्षा र सामाजिक सम्बन्धको पक्षलाई सन्तुलित गराउने उद्देश्यले अनुगमन थालिएको हो ।’

ढकालका अनुसार अनुगमन कार्य सकिएपछि अहिले सञ्चालन भएका तर दर्ता नभएका तोकिएको मापदण्ड पूरा भएका होस्टेलको दर्ता अनुमति प्रदान गर्दै आएको छ । छात्रावासभित्र शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत्, प्रत्येक छात्रछात्राका लागि पलङ, दराज र टेबल फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ । 

कोठाहरू फराकिला, खुल्ला हुनुपर्छ । कोठामा पर्याप्त प्रकाश हुनुपर्छ । कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सिसिटिभी क्यामरा जडान गर्नुपर्छ । 
 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ८ : ०० बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका