स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी « Khabarhub

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको कार्य सम्पन्न भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संघीय पुलअन्तर्गत नयाँ थप ९७७ दरबन्दी स्वीकृत भएको जानकारी दिए ।

अहिले मन्त्रालयअन्तर्गत ८३१ दरबन्दी रहेका छन् । थप गरिएका नयाँ दरबन्दीसँगै मन्त्रालयमा अब एक हजार ८०८ दरबन्दी कायम गरिएको उनले बताए ।

प्राप्त भएका यी स्वीकृत दरबन्दीमा अब छिट्टै लोकसेवा आयोगबाट चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिने उनले जानकारी दिए ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार थप गरिएका नयाँ दरबन्दीमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको छ ।

सीएमए, अहेब, अनमीलगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीको हकमा प्रदेश र स्थानीय तहमा निकट भविष्यमै ठूलो सङ्ख्यामा दरबन्दी खुल्ने उनको भनाइ छ । रासस

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  १० : ४२ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण