भारतद्वारा अग्नि-१ क्षेप्यास्त्रको सफल परीक्षण « Khabarhub

भारतद्वारा अग्नि-१ क्षेप्यास्त्रको सफल परीक्षण


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र अग्नि-१ को सफलतापूर्वक परीक्षण गरेको छ । भारतको रक्षा मन्त्रालयका अनुसार ‘इन्टिग्रेटेड टेस्ट रेन्ज’बाट गरिएको यस परीक्षणले क्षेप्यास्त्रका सबै प्राविधिक तथा सञ्चालन सम्बन्धी मापदण्डहरूलाई सफलतापूर्वक पूरा गरेको छ । यो परीक्षण भारतीय सेनाको रणनीतिक बल कमाण्डको रोहबरमा गरिएको हो । भारतसँग हाल ७०० किलोमिटरदेखि ३ हजार ५०० किलोमिटरसम्म प्रहार गर्न सक्ने अग्नि शृङ्खलाका विभिन्न क्षेप्यास्त्रहरू रहेका छन् ।

यसै महिनाको सुरुमा भारतले डा. एपीजे अब्दुल कलाम टापुबाट अत्याधुनिक प्रविधिको अर्को अग्नि क्षेप्यास्त्रको पनि सफल उडान परीक्षण गरेको थियो । यो क्षेप्यास्त्रमा एकै पटक विभिन्न निसानाहरूमा प्रहार गर्न सक्ने प्रणाली रहेको थियो । मन्त्रालयका अनुसार हिन्द महासागर क्षेत्रको ठूलो भूभागमा फैलिएका छुट्टाछुट्टै निसानाहरूलाई लक्षित गरी यसको परीक्षण गरिएको थियो।

परीक्षण गरिएको अग्नि-१ क्षेप्यास्त्र १५ मिटर लामो र १ मिटर व्यास भएको छ, जसको कुल वजन १२ हजार किलोग्राम रहेको छ । यसले १ हजार किलोग्रामसम्मको आणविक हतियार बोकेर ७०० किलोमिटर टाढासम्म प्रहार गर्न सक्छ ।

रक्षा मामिलाका विज्ञहरूका अनुसार हतियारको वजन कम गरेको खण्डमा यो क्षेप्यास्त्रले १ हजार २०० किलोमिटर टाढासम्म पनि मार हान्न सक्छ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ६ : ०८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको