वैदेशिक ऋण र घट्दो लगानीका कारण पाकिस्तान गम्भीर आर्थिक संकटमा « Khabarhub

वैदेशिक ऋण र घट्दो लगानीका कारण पाकिस्तान गम्भीर आर्थिक संकटमा


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान यतिबेला चर्को वैदेशिक ऋण र घट्दो लगानीका कारण गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । हालै सार्वजनिक भएको ‘टाइम्स अफ ओमान’ को एक प्रतिवेदनअनुसार पाकिस्तानले करिब ४ अर्ब ८० करोड डलर वैदेशिक ऋण चुक्ता गर्नुपर्ने दबाब छ । बजारमा लगानीकर्ताहरूको आत्मविश्वास कमजोर हुनु र प्रत्यक्ष वैदेशिक लगानी लगातार घट्दै जानुले यो संकट अझ गहिरिएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२५/२६ मा पाकिस्तानमा प्रत्यक्ष वैदेशिक लगानी ३३ प्रतिशतले घटेर १ अर्ब १९ करोड डलरमा सीमित भएको छ । यो गिरावट अघिल्ला वर्षहरूदेखि नै लगातार जारी छ ।

सरकारले विभिन्न नीतिगत प्रयासहरू गरे पनि लगानीकर्ताहरूको विश्वास जित्न नसक्दा आर्थिक स्थिरता कायम हुन सकेको छैन। यही अविश्वासका कारण पछिल्ला वर्षहरूमा धेरै बहुराष्ट्रिय कम्पनीहरू पाकिस्तानबाट पलायन भएका छन् । यसरी पलायन हुने कम्पनीहरूमा प्रक्टर एन्ड ग्याम्बल, सेल, टेलिनर, उबर, यामाहा र एनआई जस्ता ठूला ब्रान्डहरूका साथै केही विदेशी बैंक र औषधि कम्पनीहरू रहेका छन् ।

यो आर्थिक मन्दीको प्रत्यक्ष असर त्यहाँको रोजगारीमा पनि देखिएको छ । श्रम शक्ति सर्वेक्षणको तथ्यांक अनुसार पाकिस्तानमा बेरोजगारी दर बढेर ६.९ प्रतिशत पुगेको छ, जसको सबैभन्दा ठूलो मार महिला र युवा वर्गमा परेको छ ।

पाकिस्तानको वैदेशिक र वित्तीय अवस्था निकै जोखिमपूर्ण मोडमा पुगेको प्रतिवेदनले औंल्याएको छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७० प्रतिशत हिस्सा सरकारी ऋणले ओगटेको छ, जसका कारण पाकिस्तान विश्वमै सबैभन्दा बढी वित्तीय आवश्यकता भएको देशमध्ये एक बनेको छ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ६ : १३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको